In Focus Nepal U19 Cricket

हामी दैनिक नियमित अभ्यासमा छौ: कप्तान राजु रिजाल

नेपाली यु १९ क्रिकेट टोली आउँदो जनवरी २२ तारिख देखि बंगलादेशमा हुने यु १९ विश्वकपका तयारीका लागि यतिवेला भारतको धर्मशालामा अभ्यासरत छ । टोलीको तयारी, व्यवस्थापन आदिका विषयमा नेपाली यु १९ क्रिकेट टीमका कप्तान राजु रिजालसँग यज्ञराज जोशीले गर्नुभएको छोटो कुराकानीको एक सम्पादित अंश ।

धर्मशालाको चिसोमा आफुहरूलाइ कसरी न्यानो बनाइराख्नु भएको छ ?

– हामी दैनिक नियमित अभ्यासमा छौ, फिटनेश हुन्छ, आपसी म्याच अनि टुर्मामेन्टको गर्मीले मैदान भित्र हामीलाइ सधै न्यानो बनाइरहेको छ । बाहिरी चिसोबातावरण बाट बाच्न हामीले पहिले नै आवश्यक न्यानो कपडाहरू बोकेर आएका छौ, क्यानले पनि त्यसै अनुसार व्यवस्था गरिदिएको छ ।

दुइवटा अभ्यास खेल खेलिसक्नु भएको छ, कतिको सुधार देखिदैछ ?

– (हो, हामीले केही दिनको अभ्यास पछि धर्मशालामा दुइवटा अभ्यास खेल खेल्यौ, एउटामा हार अनि अर्काेमा जीत गरि मिश्रित नजिता निस्को, दुबै टोलीमा रणजी तथा यहाँका स्टेटलेभर खेलिसकेका प्लेयरहरू थिए । राम्रा टीमहरूसँगको अभ्यासले केही आत्मवल अवश्य बढेको छ । साथै प्रशिक्षकको कडा मेहनत तथा क्यानको व्यवस्थापनले हामी अझै राम्रो गर्न सक्छौ जस्तो लागेको

व्यवस्थापनको कुरो उठाइहाल्नुभयो, पहिले खेलाडीहरूले क्यानको व्यवस्थापन निकै फितलो भएको अनुभव सुनाउँथे, अहिलेको व्यवस्थापन कस्तो छ ?

– निकै राम्रो अनि चुस्त व्यवस्थापन छ, सवै कुरा ठिक समयमा भइरहेको छ । अभ्यासका लागि आवश्यक कुराहरूको व्यवस्थापन क्यानले गरिदिएकोमा खेलाडीहरू पनि खुशी छन । हामी निश्चिन्त भएर अभ्यासरत छौ, कुनै पनि खेलाडीबाट यो भएन त्यो भएन भन्ने सुन्नमा आएको छैन । व्यवस्थापकले नै हामीलाइ पुर्ण रूपमा खेलमा ध्यान दिन र आवश्यक सम्पुर्ण कुराको जिम्मेवारी आफुले लिने भन्नुभएको छ । हामी त्यसै अनुरूप पुर्ण रूपमा खेलमा ध्यान दिइरहेका छौ ।

पहिलो पटक नेपाली यु १९ टोलीलाइ विश्वकपसम्म डोर्याउदै हुनुहुन्छ, कस्तो अनुभुति भइरहेको छ ?

– निकै खुशी छु, विश्वकपले सारा विश्वका मान्छेहरूको ध्यान खिच्ने गर्दछ, त्यहाँ आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँदा गौरव महशुस गरेको छु । अनि देशको प्रतिष्ठा, मान उच्च राख्न तथा नेपालीलाइ एकजुट भइ एकताको सुत्रमा बाध्न हामी एकजुट भएर उच्चस्तरको खेल कौशल देखाउँन सक्नेमा विश्वस्त छुँ ।

सुरक्षाको कारण देखाउँदै नेपालमा ग्रुपमा रहेको अष्ट्रेलियाले सहभागिता नजनाउने भएको छ, यसले टीमलाइ केही सहज भएको हो ?

– अष्ट्रेलियालाइ निकै माथिल्लो स्तरको टीम मानिन्छ । उसलाइ उपाधीको दाबेदारका रूपमा पनि उभ्याउने गरिन्थो । अष्ट्रेलिया र भारत जस्तो टीम हाम्रो समुहमा हुँदा हामीलाइ केही अप्ठारो भने पक्कै थियो तर हामीले कहिल्यै त्यस अनुरूप लिएका छैनौ । हामीले आफ्नो खेलमा विश्वास गर्नुपर्छ, न की को कस्तो छ भनेर, भोली हामीले राम्रो खेल्न सक्यौ भने नतिजा हाम्रो पक्षमा पनि हुन सक्छ । र मलाइ विश्वास छ हामी राम्रो खेल्नेछौ ।

टोलीले कुन लक्ष्य लिएर खेल्नेछ त विश्वकपमा ?

– हाम्रो पहिलो लक्ष्य भनेकै समुहचरण पार गरि दोस्रो चरणमा प्रवेश गर्नु हो । समुह चरणमा भारत र आइरल्याण्डसँग प्रतिस्पर्धा हुनेछ । हाम्रो सम्पुर्ण फोकस पनि अहिले त्यही रहेको छ ।

क्यानले भर्खरै दिल्लीमा अफगानिस्तानको यु १९ टोलीसँग २ वटा अभ्यास खेलको प्रबन्ध मिलाएको छ, कतिको उत्सुक हुनुहुन्छ ?

– यस निर्णयले म मात्र हैन, सवै खेलाडी उत्सुक छौ । विश्वकपका तयारीका लागि हामीले राम्रा टोलीहरूसँग प्रतिस्पर्धा गर्नै पर्थ्यो र त्यो केही हदसम्म पुरा हुने देखेको छु । पछिल्लो समय अफगानिस्तानमा निकै राम्रा प्रतिभाहरू देखिएका छन । हामीले राम्रो गर्न सक्यौ भने खेलाडीहरूको मनोबल पनि उच्च हुनेछ ।

अन्त्यमा एउटा फरक प्रसंग, धनगढी क्रिकेट लिगका लागि भएको अक्सनमा अन्य अन्तराष्ट्रिय खेलाडीलाइ पछि पार्दै सवैभन्दा महँगा खेलाडीको रूपमा देखा पर्नुभयो ? यसले नेपाली क्रिकेटमा तपाइको लोकप्रियता बढेको हो भन्ने लाग्दैन तपाइलाइ ?

– धनगढी क्रिकेट एकेडेमीले आयोजना गर्ने धनगढी क्रिकेट लिग भाग ३ को अक्सनमा सन्तोषी टोल टीमले सवैभन्दा महँगोमा मलाइ खरिद गरेको थाहा पाउँदा खुशी लाग्यो । मैले यसलाइ मेरो मेहनतको कदर भएको रूपमा लिएको छु, साथै नेपालमा क्रिकेटलाइ व्यवसायिकतामा लैजाने डिसिएको प्रयास सह्राननिय छ । जहाँसम्म मेरो लोकप्रियताको कुरो छ, म एक क्रिकेट खेलाडी हुँ । मैले मेरो सम्पुर्ण ध्यान क्रिकेट सिक्नमा लगाएको छु, अभ्यास गर्नमा लगाएको छु, राम्रो खेल्नमा लगाएको छु र सधै मेरो ध्यान यसैमा हुन्छ ।

Comments:

comments