इपिएलमा कलर्स एक्स फ्याक्टरको पहिलो जीत, सगरमाथा लेजेन्डस प्रतियोगिताबाट बाहिर

एभरेष्ट प्रिमियर लिगमा कलर्स एक्स फ्याक्टरले पहिलो जीत निकालेको छ । आज भएको खेलमा कलर्सले सगरमाथा लेजेन्डलाइ ९ रनले हरायो ।

लगातार तेस्रो हार बेहोरेको सगरमाथा प्रतियोगिताबाट बाहिरिएको छ । कलर्सको भने यो लिगमा पहिलो जीत हो । टस हारेर ब्याटिङ गरेको कलर्सले तेस्रो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र राजेश पुलामी मगरले उत्कृष्ट ब्याटिङ गरेपछि ६ विकेटको नोक्सानीमा १ सय ६८ रन बनाएको थियो ।

उसका लागि राजेशले ५६ र ज्ञानेन्द्रले ५२ रनको योगदान दिए । बलिङतर्फ सगरमाथाका विक्रम सोब र मेहबुब आलमले दुइ दुइ विकेट लिए ।

१ सय ६९ रनको लक्ष्य पछ्याएको सगरमाथा २० ओभरमा ६ विकेट खेर फाल्दै १ सय ५९ रनमा रोकियो । ओपनर सुनिल धमालाले ४६ रन बनाउदै सगरमाथालाइ बलियो सुरुवात दिएका थिए । कप्तान विनोद भण्डारीले त्यसलाइ निरन्तरता दिए । तर उनी ४८ रनमा ज्ञानेन्द्रको हातबाट रन आउट भएपछि खेल कलर्सको पक्षमा गयो ।

कलर्सका अभिनाश कर्णले दुइ विकेट लिए ।

लिगमा भोली पन्चकन्या तेज र कान्तिपुर तथा बिशाल वारिर्सस र जगदम्बा राइनोज बीच खेल हुनेछ ।

Comments:

comments

Latest News