समाचार

एभरेष्ट प्रिमियर लिगमा पन्चकन्या तेजको लगातार दोस्रो जीत, बिशाल वारियर्सको पहिलो जीत

राजधानीमा जारी एभरेष्ट प्रिमियर लिगमा पन्चकन्या तेजले लगातार दोस्रो जीत हात पारेको छ । यस्तै पारस खड्काको कप्तानीमा रहेको बिशाल वारियर्सले पहिलो जीत दर्ता गर्यो । विशाल वारियर्सले सगरमाथा लेजेण्डलाइ २५ रनले पराजित गर्यो भने पन्चकन्याले कलर्स एक्स फ्याक्टरलाइ ३४ रनले पराजित गरेको हो ।

14484931_818756321594398_4878437321485233417_n

किर्तिपुर स्थित टियु मैदानमा टस हारेर ब्याटिङ गरेको पन्चकन्याले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १ सय ५४ रन बनाएको थियो । उसका लागि ओपनर आसिफ शेखले उत्कृष्ट ब्याटिङ गर्दै ६० बलमा ६७ रन बनाए । उनले २ छक्का , ५ चौका हिर्काए । शरद भेषावकरले ४० र संजय श्रेष्ठले २४ रन जोडे । एक्स फ्याक्टरका अभिनास कर्ण, अमर राउटेला र संजम रेग्मीले एक एक विकेट लिए ।

जवाफमा १ सय ५५ रनको लक्ष्य पछ्याएको कलर्स एक्स २० ओभरमा ८ विकेट गुमाउदै १ सय २० रनमा समेटियो । उसकालागि हिमांशु दत्तले अविजीत २८, हरि शंकर शाहले २५ र योगेन्द्र सिंह कार्कीले २१ र कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाएपनि जीतका लागि पर्याप्त भएन् । पन्चकन्याका भेषावकर र करण केसीले तीन तीन विकेट लिए ।

यस्तै दोस्रो खेलमा टस हारेर ब्याटिङ गरेको बिशाल वारियर्सले २० ओभरमा ४ विकेट गुमाउदै १ सय ७४ रन बनाएको थियो । जारी प्रतियोगितामा कुनै पनि टिमले बनाएको यो अहिले सम्मकै ठुलो स्कोर हो । सुस्त सुरुवात गरेको वारियर्सका लागि पारस खड्काले बिस्फोटक ब्याटिङ गर्दै उकासेका थिए । शतक प्रहार गर्न बाट १ रनले चुकेका पारस ९९ रनमा रुपेश श्रीवास्तवको बलमा क्याच आउट भएका थिए । ४५ बल खेलेका उनले १० छक्का र २ चौका प्रहार गरे । पारसले बनाएको यो रनपनि लिगको अहिले सम्मको उच्च हो । सुरज कुर्मी ३० रनमा अविजीत रहे । सगरमाथाका रुपेशले २ विकेट लिए ।

जवाफमा एक सय ७५ रनको लक्ष्य वछ्याएको सगरमाथाले राम्रो सुरुवात गरेपनि त्यसलाइ निरन्तरता दिन सकेन् । सगरमाथाले २० ओभरमा ५ विकेट गुमाउदै १ सय ४९ रन मात्र बनाउन सक्यो । सुनिल धमालाले ८७ रन बनँएपनि जीत दिलाउन सकेनन् । सगरमाथाको यो लगातार दोस्रो हार हो । चार अंक सहित पन्चकन्या तालिकाको शीर्ष स्थानमा छ । वारियर्स र कान्तिपुर गोर्खाजको समान तीन तीन अंक छ । लिगमा भोली कान्तिपुर गोर्खाज र जगदम्बा राइनोज विच खेल हुनेछ भने अर्को खेल सगरमाथा लेजेन्डस र कलर्स एक्स प्mयाक्टर विच हुनेछ ।

Most Popular

To Top