एभरेष्ट प्रिमियर लिगमा कान्तिपुर गोर्खाजको पहिलो हार

एभरेष्ट प्रिमियर लिगमा कान्तिपुर गोर्खाजले पहिलो हार ब्यहोरेको छ । आज भएको आफ्नो तेस्रो खेलमा कान्तिपुर जगदम्बा रोइनोजसंग ११ रनले पराजित भएको हो ।

किर्तिपुर क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जगदम्बाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै १ सय २४ रन बनाएको थियो । जगदम्बाका लागि सोमपाल कामीले सर्वाधिक ४४ रनको योगदान दिए । ३० बलको सामना गरेका उनले ४ छक्का हिर्काए । सुबेन्दु पाण्डेले २१, हासिम अन्सारीले १८ र अमित श्रेष्ठले १६ रन जोडे । कान्तिपुरका बसन्त रेग्मीले तीन तथा ललित राजबंशीले दुइ विकेट लिए ।

जवाफमा १ सय २५ रनको सामान्य लक्ष्य पछ्याएको कान्तिपुरले २० ओभरमा ८ विकेट खेर फाल्दै जम्मा १ सय १३ रन मात्र बनाउन सक्यो । जगदम्बाका बलर सामु खुलेर खेल्न नसकेका कान्तिपुरका संदिप झोरा र अनिल शाह बाहेक सबै ब्याट्सम्यान सिंगल रनमा पेभेलियन फर्किए । संदिप ४२ रनमा अविजीत रहे भने अनिलले २८ रन बनाए । ओपनर ब्याट्सम्यान सुबास खकुरेल ८ र प्रदिप ऐरी शुन्य रनमा आउट भएसंगै कान्तिपुरको पारी धरमराएको थियो ।

संदिपले अन्तिम ओभरमा शक्ति गौचनलाइ लगातार दुइ छक्का प्रहार गर्दै कान्तिपुरको आश जगाएका थिए । तर बांकी बलमा शक्तिले लय समातेपछि जगदम्बाले जारी लिगमा पहिलो जीत दर्ता ग¥यो । शक्ति, पवन सराफ र प्रेम तामाङले दुइ दुइ विकेट लिए ।

Comments:

comments

Latest News