खेलाडी भागेको घटना बारे गठीत अनुसन्धान समितीले प्रतिवेदन बुझायो, प्रतिवेदन पाना भर्न मात्र बन्यो ।

जापानमा क्रिकेट खेलाडी भाग्नुको कारण बारे गठन भएको अध्ययन समितीले राष्ट्रिय खेलकुद परिषदलाई प्रतिबेदन बुझाएको छ ।

परिषदका सदस्यसचिव केशव कुमार विष्टलाई चार जना सदस्य रहेको समितीले प्रतिबेदन बुझाएको हो । शैलेश कर्माचार्यको संयोजकत्वमा रहेको टिमले चार बुधे प्रतिबेदन सदस्य सचिव विष्टलाई बुझाएका हुन । नौ जना खेलाडी जापानमा लुक्नुबारे अनुसन्धान गर्न करीव तीन साता अगाडी परिषदले समिती गठन गरेको थियो ।

तर सो समितीले तयार पारेको प्रतिवेदनमा ठोस निष्कर्ष भने आउन सकेन । संयोजक कर्माचार्यका अनुसार चार बुढामा मुख्य बुधा नै म्यानेजर रहेका किरण राणा अमेरीका रहेर पुर्ण रुपमा अनुसन्धान गर्न नपाएको बताए । सो समितीले उच्च स्तरिय टिमले नै पुन यो मुद्धालाई छानविन गर्नुपर्ने निष्कर्ष निकालेको छ । दुई महिना अगाडी जापानका स्थानीय क्लवसंग मैत्रीपुर्ण खेलका लागि नेपालबाट १८ खेलाडी गएकोमा सात खेलाडी र दुई पदाधिकारीमात्र नेपाल फर्केका थिए ।

player

नौ जना खेलाडी भने जापानमा नै भासिएका थिए । सो बेला नै आइसीसी र एसीसीका पदाधिकारीले समेत चासोको रुपमा लिएको यो घटनालाई खेलकुद मन्त्री दलजीत श्रीपालीले समेत अध्ययन गरेर उचित कारवाही गर्ने बताएका थिए । तर समय वित्दै जादा यो घटना त्यसै सेलाउन थालेको छ । अब अनुसन्धान समितीले बुझाएको प्रतिवेदनलाई परिषदले काम गर्ने बताएको छ ।

Comments:

comments

Latest News