एभरेष्ट प्रिमियर लिगमा खेलाडीको विमा गरिने

EPL
EPL

आसन्न एभरेष्ट प्रिमियर लिगमा खेलाडीलाई चोटपटक लागे विमा गरिने भएको छ । आयोजक जोहरा स्पोर्टस म्यानेजम्यान्टले खेलाडी घाइते भए ५ लाख सम्मको विमा दिने निर्णय गरेको छ ।

जोहरा स्पोर्टका एमडी आमिर अख्तरले प्रेस विज्ञेप्ती जारी गर्दै प्रतियोगितामा सहभागि सबै खेलाडीको ५ लाखसम्मको बीमा गर्ने बताएका छन । प्रतियोगितामा कुल ८४ खेलाडीले सहभागिता जनाउनेछन । छ वटा कर्पोरेट हाउसहरुको लगानीमा छ वटा टिमहरुले सेप्टेम्बर २४ तारिख देखि वाई वाई एभरेष्ट प्रिमियर लिगमा प्रतिस्पर्धा गर्नेछन । ट्वान्टी ट्वान्टी फरम्याटमा हुने प्रतियोगितालाई सफल बनाउन वाई वाईले साथ दिएको छ ।

अख्तरले क्रिकेटमा घाइते हुनसक्ने भएकाले पहिलो पटक बीमाको अवधारणा ल्याएको बताएका छन । अहिलेसम्म नेपालमा आयोजना हुने घरेलु प्रतियोगितामा बीमाको अवधारणा कसैले अगाडी ल्याएका थिएनन । पहिलो पटक यो अबधारणालाई अगाडी ल्याएको जोहरा स्पोर्टसले खेलाडीलाई फिट बनाउन मैदानमा नै टुर्नामेन्ट फिजियो र मेडिकल टिमका साथै एम्बुलेन्स पनि तैनाथ राख्नेछ ।

Comments:

comments

Latest News