क्रिकेट विवाद समाधानका लागि आइसीसीद्धारा सल्लाहकार समिती गठन

70664

नेपाली क्रिकेटको विवाद समाधानका लागि अन्तराष्ट्रिय क्रिकेट काउन्सिलले छ जनाको सल्लाहकार कमिटी गठन गरेको छ ।

आइसीसीले राष्ट्रिय खेलकुद परिषदलाई पत्राचार गर्दै खेलकुद मन्त्रालयका सहसचिव चुडामणी पौडेलको संयोजकत्वमा कमिटी गठन गरेको हो । सो कमिटीमा पौडेल सहित क्यानका पुर्व अध्यक्ष विनयराज पाण्डे, ब्यवसायी बसन्त चौधरी, पुर्व कप्तान पवन अग्रवाल, पुर्व कार्यबाहक अध्यक्ष दिपक कोइराला र दिपक साउद रहेका छन ।

आइसीसीले यो कमिटीलाई विवाद समाधान गरेर नया बाटो अपनाउनका लागि पुर्ण जिम्मेवारी दिएको छ । अब यो कमिटीले क्रिकेटका सम्बन्धीत निकायसंग छलफल गरेर नया बाटो अपनाउने काम गर्नेछ । करीव तीन साता अगाडी आइसीसीका तीन जना प्रतिनिधी नेपाल आएर प्रधानमन्त्री पुष्पकमल दाहाल, खेलकुद मन्त्री दलजीत श्रीपाली सहित राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्ट, निर्वाचित कमिटीका पदाधीकारी र सरकारले गठन गरेका पदाधिकारीसंग छलफल गरेका थिए ।

आइसीसीको प्रतिनिधीमा डेविड रिचार्डसनले अगुवाई गरेका थिए । सो बेला नै सल्लाहकार कमिटी बनाउने बताएपनि निर्वाचित कमिटीले विरोध जनाएपनि आइसीसीले दुई साता भित्र सल्लाहकार कमिटी बनाउने बताएको थियो । जसले नया निर्वाचन गरेर अगाडी बढाउन पहल गर्ने भनिएको थियो ।

Comments:

comments

Latest News