एभरेष्ट प्रिमियर लिगले देखाएको सम्भावना

किर्तीपुर मैदानमा नौ दिनसम्म छुटै क्रिकेटको माहोल देखियो । त्यो थियो पहिलो पटक आयोजना भएको एभरेष्ट प्रिमियर लिगको । आइसीसीको निलम्बनमा परेपछि शुन्य जस्तै भएको नेपाली घरेलु क्रिकेटमा इपिएलले नया सम्भावना देखाएको छ ।

1

राष्ट्रिय टिममा भएका खेलाडी अन्तराष्ट्रिय प्रतियोगिता खेलिरहेपनि देशभर रहेका अन्य खेलाडीका लागि भने घरेलु प्रतियोगिता कुर्नुको विकल्प छैन । तर घरेलु प्रतियोगिताको टुंगो नहुदा ब्याट र बल थन्क्याएर बसेका खेलाडी एभरेष्ट प्रिमियर लिगको आयोजना संगै मैदानमा फर्किए । निजी क्षेत्रको संलग्नतामा भएको प्रतियोगिताले नेपालमा ब्यबसायिक क्रिकेटको सुरुवात भएको आभास दिएको छ ।

2

नेपाल क्रिकेट संघले वर्षमा मुश्किलले आयोजना गर्ने एउटा प्रतियोगिताको भरमा आफ्नो भविष्य खोज्ने खेलाडीका लागि इपिएल नया गनतब्य बनेको छ । ब्याबसायिक रुपमा संचालन भएको प्रतियोगिताले आर्थिक रुपमा पनि खेलाडीलाइ बलियो बनाएको छ । प्रत्येक खेल वापत खेलाडीलाइ आठ देखी २० हजार सम्म भत्ता दिइएको थियो ।

म्याच एक्सपोजर, युवा खेलाडीलाइ सिनियर बाट सक्ने अवसर अनि नया खेलाडी उत्पादनका हिसाबले इपिएल नेपाल क्रिकेटका लागि आबश्य रहेको खेलाडीको भनाइ छ । राष्ट्रिय टिमका उपकप्तान ज्ञानेन्द्र मल्लको भनाई मान्ने हो भने यो प्रतियोगिताले राम्रो क्षमता भएको युवा खेलाडीलाई एक्पोज हुने मौका पाए । जसमा एक नाम हो आशिफ सेखको । फाइनलमा सतक प्रहार गरेको आशिफले यतिराम्रो खेल्छन भनेर यस प्रतियोगिता अगाडी कमैलाई थाहा थियो होला । तर यो प्रतियोगिताले उनको क्षमतालाई सबैले देखेको ज्ञानेन्द्रको भनाई छ ।

3

इपिएलमा ६ वटा कर्पोरेट हाउसका ६ टिमको सहभागीता थियो । नेपालमा क्रिकेट अत्याधिक भएपनि हाल निलम्बनमा रहेको क्यानले यसको फाइदा उठाउदै निजी क्षेत्रलाइ आकर्षित गर्न सकेको छैन् । क्यान संग प्रभावकारी योजना नहुदा निजी क्षेत्र चाहेर पनि क्रिकेटमा लगानी गर्न सकिरहेका छैनन् । इपिएल जस्तो प्रतियोगितामा खुलेर लगानी गर्ने निजी क्षेत्रको भनाइ छ ।

पञ्चकन्या तेजका लगानीकर्ता उज्ववल श्रेष्ठ भन्छन, क्रिकेट पछिल्लो दुई बर्षमा खराव स्थितीमा रहेपनि निजी क्षेत्रको साथले यसलाई राम्रो बनाउन आवश्यक रहेको बताए । साथै भविष्यमा पनि अझ राम्रो किसिमले लगानी गरेर थप ब्यवस्थित गर्न आवश्यक रहेको उनको धारणा छ । जोहोरा स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको इपिएलले खेलाडी र क्रिकेट संग सरोकार राख्ने ब्यक्तिहरुमा आश त जगायो । तर यसले निरन्तरता पाउछ की पाउदैन यो सबभन्दा ठुलो प्रश्न हो । कुनैपनि राम्रा काम बिचैमा हराउनु नेपाली खेलकुदको विडम्बना हो ।

5

अघिल्लो पटक पनि नेपाल प्रिमियर लिगको आयोजना गरेर विचैमा हराउदा यो प्रतियोगिता पनि यस्तै हुनेत होइन भन्ने धरैको चिन्ता छ । यो चिन्तालाई हटाउन जोहरा स्पोर्टका प्रवन्ध निर्देशन आमिर अख्तर भन्छन, अर्को सस्करणमा यसलाई थप ब्यवस्थित र धरै टिमको सहभागिता गराउने लक्ष्य छ । टिमको सख्या बढाउनुका साथै खेलहरुपनि बढाउने र खेलाडीलाई अक्सनमा राख्ने उनको भनाई छ ।

4

इपिएल जस्तो प्रतियोगिताका लागि सवै क्षेत्रको सहकार्य आबश्यक छ । हाल निलम्बनमा रहेको क्यानको समस्या पनि चाडै समाधान हुनेमा सबै बिश्वस्त छ । भविष्यमा नेपाली क्रिकेटको नियमनकारी निकायले पनि यस्ता प्रतियोगितालाइ साथ दिन आबश्यक छ ।

Comments:

comments

Latest News

This Day In History

No Events