आमाको नामको जर्सिमा भारतीय खेलाडी

न्यूजिल्याण्ड विरुद्धको पाचौ तथा निर्णायक खेलमा भारतीय खेलाडीले आफनी आमाको नामको जर्सि लगाएर मैदानमा उत्रिएका छन ।

न्युजिल्याण्ड विरुद्धको अन्तिम खेलमा भारत पहिले ब्याटिङ गरिरहेको छ । सधै जसो ब्यक्तिगत नाममा मैदानमा उत्रिने भारतीय क्रिकेट खेलाडी आज भने फरक नामका जर्सिमा मैदानमा देखिएका छन । जसमा भारतीय खेलाडी आफनी आमाको नाम लेखिएको जर्सिमा मैदानमा छन । जर्सि नम्वर पुरानै भएपनि नाम आमाको हुदा फरक देखिएको छ ।

4-1476695239

भारतीय टिमको मुख्य प्रायोजक स्टारले पछिल्लो पटक ल्याएको कार्यक्रम हो नया सोच, त्यहि अनुसार सो च्यानलले कप्तान महेन्द्र सिंह धोनी, विराट कोहली र अजिन्क्या राहाणेलाई एउटा विज्ञापन खेलाएर बाबुको नाममात्र किन चर्चामा ल्याउने, आफुलाई आमाले नै जन्माएको हो र किन आमाको नाम लिन हिचकिचाउने । त्यसैले आफनो नामको सट्टा आमाको नामले अब परिचित हुनेछु । यो स्टार प्लसको एउटा नया अवधारणा हो । जस अनुसार भारतीय क्रिकेट खेलाडी आज आमाको जर्सिको नाममा मैदानमा उत्रिएका छन ।

Comments:

comments

Latest News