न्युजिल्याण्ड विरुद्धको पाच खेलको श्रीखला भारतलाई

न्युजिल्याण्ड विरुद्धको पाचौ तथा अन्तिम एकदिवसिय खेल भारतले जितेको छ । जीतसंगै भारतले पाच खेलको श्रीखलामा तीन दुईले पकड बनाएको छ ।
भिसाखापटनममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारीत ५० ओभरमा छ विकेट गुमाउदै दुई सय ६९ रन बनाएको थियो । भारतका लागि ओपनर रोहित शर्माले ७० तथा उपकप्तान विराट कोहलीले ६५ रन बनाए ।

2

यस्तै कप्तान महेन्द्रसिंह धोनीले ४१ रनको योगदान गरे । यस्तै केदार जादवले ३९ रन बनाउदा अक्सर पटेलले २४ रन थपे । न्युजिल्याण्डका लागि बलिङ तर्पm ट्रेन्ट बोल्ट र इस सोधीले दुई दुई विकेट लिए ।

1

जवाफमा न्युजिल्याण्ड २३ ओभर एक बलमा मात्र ७९ रनमा अलआउट भयो । निकै फितलो ब्याटिङ गरेको न्यजिल्याण्डका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा कप्तान केन विलियम्सनले २७ तथा टोम लाथम र रोस टेलरले समान १९–१९ रन बनाए । बाकि खेलाडी एकोहोरो रुपमा पेभेलियन फर्किए । न्युजिल्याण्डको पारीलाई ध्वस्त पार्ने क्रममा अमित मिश्राले पाच तथा अक्सर पटेलले दुई विकेट लिए ।

Comments:

comments

Latest News

This Day In History

No Events