भारतीय पत्रिका नवभारत टाइम भन्छ नेपालमा अन्तराष्ट्रिय क्रिकेट टिम छैन रे ।

अन्डर नाइन्टिन विश्वकपमा चमत्कारी प्रदर्शन गरेपछि एकाएक चर्चामा आएका सन्दिप लामिछाने हाल प्रशिक्षक र लिग खेल्न अष्ट्रेलियामा छन । अष्ट्रेलियन क्रिकेट टिमका पुर्व कप्तान माइकल क्लार्कको बोलावामा सिड्नी पुगेको सन्दिपको खेल क्षमता देखेर क्लार्क मात्र होइन पुरै विश्व नै चकित बनेको छ ।

232913-3

दाया हाते लेग स्पिनर सन्दिपको खेलका बारेमा भारतीए पत्रिका नवभारत टाइम्सले लेखेको छ, क्रिकेटको नक्सामा भारतको छिमेकी देश नेपाल खासै हिस्सेदार छैन । उसको भनाई अनुसार नेपालको कुनै अन्तराष्ट्रिय टिम छैन रे । सायद यो पत्रिकाले नेपालले ट्वान्टी ट्वान्टी विश्वकप खेलेको नहेरेको हुनुपर्छ । यतिमात्र होइन भारतमा नै भएर बीसीसीआइका पदाधिकारीले हिमाञ्चलमा प्रशिक्षणका लागि सहयोग गरेको पनि खवर नराखेको होला । यतिमात्र होइन अफगानिस्तान भन्दा पहिला नेपालले अन्तराष्ट्रिय प्रतियोगिता खेलेको इतिहास थाहा छैन होला ।

तर लेग स्पिनर सन्दिप यो दिनमा पुरै दुनियामा चर्चा बटुलिरहेका छन । माइकल क्लार्कले सन्दिपको प्रतिभालाई देखेर सिड्नीमा बोलायर आप्mनो एकेडेमीमा प्रशिक्षण र खेल्न बोलाए । हङकङमा भएको एक प्रतियोगितामा सन्दिपको क्षमता देखेर क्लार्कले उनलाई बोलाएका हुन ।

http://navbharattimes.indiatimes.com/sports/cricket/cricket-news/michaer-clarke-to-mentor-nepal-leggie-sandeep-lamichchane/articleshow/54162889.cms

Comments:

comments

Latest News