दोस्रो पटक एशिया कपमा छनोट भएको महिला टिम स्वदेश फिर्ता, म्याच एक्पोजर र नियमित प्रशिक्षण निकै आवश्यक ।

photo

अर्को महिना थाइल्याण्डमा हुने एशिया कपमा स्थान बनाएको नेपाली महिला क्रिकेट टिम आज स्वदेश फर्किएको छ । दुइ वर्षपछि अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएको नेपालले आइसीसी महिला बिश्वकप छनौटको उपविजेता हुदै एशीया कपमा स्थान बनायो । सिमित समयको प्रशिक्ष्ँण त्यसमा पनि निकै कम म्याच एक्सोपोजर पाएको नेपालले हङकङको भुमिमा साचेको भन्दा राम्रो उपलब्धि हात पार्यो । तर अन्तराष्ट्रिय प्रतियोगितामा राम्रो नतिजाका लागि महिला क्रिकेटलाई विशेष योजनाका साथ अगाडी बढाउन निकै आवश्यक छ ।

14686492_10154480816937165_1588525125_n

सिनियर महिला टिमले आठ वर्षको अन्तरालमा ठुलो सफलता हात पारेको हो । सन २००७ मा पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुदा उपविजेता भएको नेपालले त्यस यता भने खासै राम्रो प्रदर्शन गर्न सकेको थिएन् । उमेर समुहमा उपाधी जितेपनि सिनियर स्तरमा खासै राम्रो नतिजा ल्याउन सकिरहेको थिएन् ।

यस पटक थाइल्याण्ड, हङकङ र चीनले भाग लिएको प्रतियोगितामा मुख्य उदेश्य बिश्वकपको ग्लोवल छनौटमा पुग्नु थियो । तर म्याच एक्सपोजर र आत्मबिश्वासमा कमी हुदा नेपाल चुक्यो । यदि मानसिक रुपमा बलियो र नियमित प्रशिक्षणको ब्यवस्था भएको भए नेपाली टिमको नजिता फरक हुने थियो ।

9

यस विषयलाई कप्तान रुवीना क्षेत्री पनि स्विकार्छिन । छोटो समयको तयारी त्यसमा पनि उचित अभ्यास खेल नभएका कारण हामी च्याम्पियन हुनबाट बचेका हो, साथै एशिया कपका लागि पनि विशेष प्रशिक्षण नगरे राम्रो प्रदर्शनको आशा गर्न ठिक नहुने उनको भनाई छ ।
यस्तै कप्तान राजु बस्न्यात खेलाडीको कमजोर मानसिक स्थितीले पनि प्रतियोगितामा दोस्रो हुनु परेको बताउछन । खेल अगाडी नै विपक्षी आफु भन्दा बलियो भएको मानसिकता खेलाडीमा परेकाले च्याम्पियन हुन नसकेको बताए ।

डवल लिगका आधारमा खेलाइएको खेलमा नेपालले पहिलो चरणमा दुइमा हार र एकमा जीत हात पारेको थियो । दोस्रो चरणमा भने सुधारिएको प्रदर्शन गर्दै नेपालले दुइ खेलमा जीत निकाल्यो । थाइल्याण्ड संग भने नेपाल दुवै पटक हारयो ।

14516599_10211469606479170_5575746252402858059_n

नेपालले अब नोभेम्बरमा २७ देखी थाइल्याण्डमा हुने एशीया कपमा सहभागिता जनाउनेछ । यो प्रतियोगितामा नेपालले टेस्ट मान्यता प्राप्त भारत, पाकिस्तान, बंगलादेश लगायत संग प्रतिस्पर्धा गर्नुपर्नेछ । यसका लागि नेपालले अहिले गर्दै आएको तयारी पर्याप्त छैन् । दोस्रो पटक एशीया कप खेल्न लागेको नेपाली टिमलाई विशेष प्रशिक्षणका साथै धरै भन्दा धरै अभ्यास खेलको जरुरी छ, त्यसमा पनि आफु भन्दा बलिया टिमसंग ।

Comments:

comments

Latest News