नेपाली राइनोज टु एक्स क्रिकेट युएसए कप प्रतियोगिताको फाइनलमा

7
नेपाली राइनोज टु एक्स क्रिकेट युएसए कप प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । टेक्सासको मोसा रंगशालमा भएको खेलमा नेपाली राष्ट्रिय टिमका खेलाडीसहितको नेपाली राइनोजले फ्लोरिडा अन्डरडग्सलाई सात विकेटले हराएर फाइनलमा स्थान बनाएको हो । फ्लोरिडाले प्रस्तुत गरेको एक सय २२ रनको लक्ष्य नेपाली राइनोजले १५ ओभरमा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो ।

4

नेपाली राइनोजका लागि ज्ञानेन्द्र मल्लले ६२ तथा सुवास खकुरेलले ३६ रन बनाए । यस्तै सिद्धान्त लोहनीले चार, शरद भेषावाकरले नटआउट ट तथा राकेश कर्णले नटआउट १२ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको फ्लोरिडाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा एक सय २१ रन बनाएको थियो । नेपाली राइनोजका सोमपाल कामी र शवन फाइन्डलीले समान दुई दुई विकेट लिए । यस्तै पारस खड्का, बसन्त रेग्मी र रुस्ती थ्रोनले एक एक विकेट लिए । नेपाली राइनोजले फाइनलमा हस्टन स्पार्कसँग खेल्नेछ । हस्टन स्पार्कले युएइ फाल्कोन्सलाई सात विकेटले हराएर फाइनलमा स्थान बनाएको छ ।

3

यो प्रतियोगिताको विजेताले मिस्टुबिशी कारसँगै ६० हजार अमेरिकी डलर पुरस्कार पाउने छ । यस्तै उपविजेताले १८ हजार अमेरिकी डलर पुरस्कार पाउने छ । २६ बलमा ६२ रन बनाउँदा आउट भएका नेपाली राइनोजका ज्ञानेन्द्र मल्लले मात्रै २१ बलमा अर्धशतक पूरा गरे । उनले ६ चौका र पाँच छक्काको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

Comments:

comments

Latest News