अमेरीकाको टेक्सासमा सम्पन्न टु टेन क्रिकेट युएसए कपको उपाधि नेपाली राइनोज क्रिकेट क्लव लाई

01

अमेरीकाको टेक्सासमा सम्पन्न टु टेन क्रिकेट युएसए कपको उपाधि नेपाली राइनोज क्रिकेट क्लवले जितेको छ । फाइनलमा नेपाली राइनोजले ह्युस्टन पार्कलाई ५४ रनले हराउदै उपाधि हात पारेको हो ।

1

टेक्सासको मोसा क्रिकेट मैदानमा नेपाली राष्ट्रिय तथा पुर्व खेलाडी सम्मिलित नेपाली राइनोजले निर्धारीत २० ओभरमा छ विकेट गुमाउदै एक सय ९७ रन बनाएको थियो । राइनोजका लागि कप्तान पारस खड्काले सर्वाधिक ७७ रन बनायो । उनले ३८ बलमा आठ चौका र सात छक्का प्रहार गरे । यस्तै सवन फाइनडलीले अविजीत ६१ तथा सुवास खकुरलले ३२ रनको योगदान गरे ।

2

3

एक सय ९८ रनमा लक्ष्य पक्ष्याएको ह्युस्टन पार्क १८ ओभर पाच बलमा मात्र एक सय ४३ रनमा अलआउट भयो । विजेता राइनोजले ६० हजार दुई सय ५० अमेरीकी डलर प्राप्त गर्यो । कप्तान पारस खड्काले जीतपछि नेपाली क्रिकेट टिम सहि मार्गमा रहेको प्रतिक्रिया दिए । आयोजक नेपाली राइनोज क्रिकेट क्लव नेपालमा पुर्व खेलाडीको पहलमा नेपाली क्रिकेट खेलाडीलाई आर्थिक सहयोग गर्ने हेतुले स्थापना गरिएको हो । प्रतियोगिताका उत्कृष्ट खेलाडी सन फिन्ले घोषित भएभने उत्कृष्ट बलर असन अली घोषित भए ।

4

5

अमेरीकामा पहिलो पटक आयोजना भएको ऐतिहासिक खेलमा विजेता टिमले २० हजार अमेरीकी डलर पर्ने मित्सुविसी गाडी पनि प्राप्त गरे । उपविजेता टिम ह्युस्टन पार्कले १७ हजार दुई सय ५० अमेरीकी डलर पाए । उमेर समुहमा नेपालको प्रतिनिधित्व गरेका राकेश कर्णको पहलमा अक्सन मार्पmत नेपाली राइनोजले प्रतियोगितामा सहभागिता जनाएको थियो । यो प्रतियोगितामा सहभागिताका लागि क्लवले अमेरीकामा रहेका नेपालीसंग आर्थिक सहयोग जुटाएको थियो । जसमा करीव २० हजार अमेरीकी डलर रकम जम्मा भएको थियो । गत नोवेम्बर नौ देखि १३ तारिखसम्म आयोजना भएको प्रतियोगितामा आठ टिमका सहभागिता रहेको थियो ।

6

7

Comments:

comments

Latest News