एसीसी महिला एशिया कप आउन तीन साता पनि बाकि छैन, नेपाली टिम एक साताको तयारीले प्रतियोगितामा जाने सम्भावना बढ्यो ।

Women cricketer
Women cricketer

थाइल्याण्डमा हुने एसीसी महिला एशिया कप क्रिकेट प्रतियोगिता आउन अव मात्र तीन साता भन्दा कम समय बाकि छ । नेपाल जस्तो देशका लागि निकै महत्वपुर्ण प्रतियोगिताका रुपमा हेरीएको एशिया कपको मिती र खेल तालिका सार्वजनिक हुदा पनि खेलाडी भने कहिले प्रशिक्षक सुरु होला भनेर कुरिरहेका छन । समयमा नै प्रशिक्षण नहुनुको मुख्य कारण बजेट अभावका साथै सम्बन्धीत निकायको अग्रसरताको कमीले हो ।

मंसिर ११ गतेदेखि थाइल्याण्डमा हुने एशिया कपमा नेपालको पहिलो प्रतिद्धन्द्धी पाकिस्तान रहेको छ । महिला क्रिकेटको सिनियर स्तरमा आठ बर्षपछि पाएको यो सफलतालाई आत्मसाथ गर्न नेपाली क्रिकेट क्षेत्र फेरी एक पटक चुक्ने देखिएको छ । किनकी प्रतियोगिता आउन तीन साता भन्दा कम समय बाकि हुदा पनि खेलाडीलाई कसले प्रशिक्षणमा बोलाउने भन्ने ठुलो अन्योलता रहेको छ ।

महिला क्रिकेट टिमका प्रशिक्षक राजु बस्नेत भन्छन आप्mनो योजना अनुसार तिहारको दोस्रो दिन देखि नै प्रशिक्षण सुरु गर्ने थियो, तर त्यसको अग्रसरता कसले लिने भन्नेमा अन्योल भएकाले भनेको समयमा हुन सकेको छैन । साथै उनले क्यान निलम्बनमा पर्नु र राष्ट्रिय खेलकुद परिषद र युवा तथा खेलकुद मन्त्रालयले पनि चासो नदिदा तोकेको समयमा प्रशिक्षक हुन नसकेको उनको बुझाइ छ । प्रशिक्षक राजुले एक साता नेपालमा प्रशिक्ष्ँण गरेपछि बंगलादेशमा अभ्यास खेलका लागि पत्राचार गरेपनि घर भित्र नै तयारी सुरु हुन नसक्दा बंगलादेशसंगको पाच अभ्यास खेल गुमाउने डर भएको बताए । नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि एसीसीले कसलाई यसको जिम्मेवारी दिने त्यो एकिन हुन सकेको छैन ।

9

तर एसीसीले निर्वाचित भनिएको क्यानलाई पत्राचार गरेको र सो समितीले राष्ट्रिय खेलकुद परिषदलाई जानकारी गराइसकेको छ । तर परिषदले आइसीसीको निर्देशनमा क्यानकी पुर्व सिइओ भावना घिमिरेलाई क्याम्पको जिम्मेवारी दिने छाटकाट देखाएपछि निर्वाचित कमिटी परिषदसंग असन्तुष्ट बनेको छ । यहि राजनितीका कारण महिला खेलाडीले समयमा प्रशिक्षण पाएका छैनन । यतिमात्र होइन बजेट कसले उपलब्ध गराएर खेलाडीलाई प्रशिक्षण दिने भन्ने पनि ठुलो प्रश्न छ । छोटो समयको तयारीपछि ठुला देशसंग खेल्न जादा पक्कैपनि खेलाडीको मनोबल कमजोर हुने धरै सम्भावना छ । खेलाडीले नै म्याच एक्पोजरको कमि भएको भन्दै गर्दा पदाधिकारी भने कानमा तेल हालेर बसेका छन ।

acc-u-19-asia-cup

महिला क्रिकेटको मात्र होइन प्रशिक्षणको अभाव अन्डर नाइन्टिन पुरुष खेलाडीमा पनि देखिएको छ । अन्डर नाइन्टिन एशिया कपको पनि मिती तय भइसक्दा कहिले देखि प्रशिक्षण हुने हो भन्ने एकिन छैन । आइसीसीले खेलाडीलाई खेल्न बञ्चित नगर्ने भनिरहदा घर भित्र भने नेपाली खेलाडीले समयमा प्रशिक्षण गर्न नपाउदा उनिहरुबाट कस्तो नतिजाको आशा गर्ने ।

Comments:

comments

Latest News

This Day In History

No Events