क्रिकेट विवाद मिलाउन भन्दै आईसीसीको टोली नेपालमा

नेपाली क्रिकेटको विवाद समाधानका लागि सल्लाहकार समिति गठन गरेको दुई महिनापछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टोली नेपाल आईपुगेको छ । नेपाल क्रिकेट संघ क्यानको नयाँ विधान र कार्यविधि बनाउने जिम्मेवारी सहित ६ सदस्यीय सल्लाहकार कमिटी गठन गरेको आईसीसीले त्यसको दुई महिनापछि अमार शेखको नेतृत्वको टोली नेपाल पठाएको हो ।

आईसीसीको टोलीले निर्वाचित चतुरबहादुर चन्द नेतृत्वको पक्षलाई बाहिर राख्दै गत असोजमा सरोकारवाला निकायलाई समावेश गरेर ६ सदस्यीय सल्लाहकार कमिटी गठन गरेको थियो । कमिटीमा खेलकुद मन्त्रालयका सहसचिव चुडामणि पौडेल, क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डे, पुर्व कप्तान पवन अग्रवाल, कार्यवहाक अध्यक्ष दीपक कोईराला र राखेपको प्रेस सल्लाहकार रोहित दाहालको नाम सिफारिस गरिएको छ ।

आईसीसीका प्रतिनिधी अमार सेख सहित ६ सदस्यीय कमिटीको बैठक भोली बिहान १० बजे काठमाडौंमा बस्ने तयारी भएको छ । नेपाली पक्षले सल्लाहकार कमिटीको कार्यविधी स्पष्ट पार्दै तर्दथ समितिको मान्यता दिनुपर्ने प्रस्ताव आईसीसीका प्रतिनिधीसंगको भेटमा राख्ने तयारी गरेको छ । कमिटी सदस्य दिपक कोईरालाले सल्लाहकार कमिटीको संयोजक नेपाली प्रतिनिधीबाट चयन हुनुपर्ने र नेपाली क्रिकेट माथीको प्रतिबन्ध नहटेसम्म क्रिकेटको गतिविधि सञ्चालन गर्न पाउनु पर्ने माग आफुहरुले राख्ने तयारी गरेको बताउनुभयो ।

Comments:

comments

Latest News