अंक तालिकामा छैटौ स्थानमा रहेको नेपालको विश्वकप छनोट खेल्ने सम्भावना कति ?

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङले केन्याको टुरसंगै यो बर्षको क्यालेन्डर सकिएको छ । २०१५ मा सुरु भएको यो लिग २०१७ मा समाप्त हुदैछ । सन् २०१९ मा हुने आइसीसी विश्वकप छनोटका लागि यतिबेला आठ टिम प्रतिस्पर्धामा रहेका छन ।

जसमा सबै टिमले आठ खेल खेल्दा पपुवा न्युगिनी १२ अंकसहित शिर्ष स्थानमा छ भने नेदरल्याण्डको पनि समान १२ अंक भएपनि दोस्रो स्थानमा छ । यस्तै स्कट्ल्यान्ड र हङकङ ११ अंक सहित तेस्रो स्थान र चौथोमा छन भने केन्या र नेपाल ८ र ६ अंक सहित पाँचौ र छैंठौ स्थानमा चित्त बुझाउनु परेको छ । नामिविया र यूएइ दुई दुई अंकका साथ पुछारमा रहेका छन ।

3

नेपालले अहिलेसम्म खेलेका आठ खेलमा तीन जीत मात्र निकालेको छ । उसले तीन जीतमा एकमात्र खेल अवे म्याचमा जितेको छ । अब नेपालले २०१७ को सुरुवातमा नै केन्या विरुद्ध काठमाडौमा खेल्ने सम्भावना रहेको छ । त्यसपछि नेपाल हङकङको भ्रमणमा जानेछ । जुन जुलाई महिनामा हुनेछ र बर्षको मध्यतीर नेपालले युएइईलाई होस्ट गर्नेछ । अंक तालिकाको आधारमा नेपाल केन्या र हङकङ विच चौथो स्थानका लागि निकै प्रतिस्र्धा हुने भएको छ ।

icc-wcl-2016-ranking

तर नेपाली समर्थकका लागि खुसीको कुरा के छ भने हङकङ प्रतियोगिताका बलिया टिम नेदरल्याण्ड र पपुवा न्युगिनीसंग खेल्ने बाकि छ भने र केन्याले नेपाल सहित नेदरल्याण्ड र स्कटल्याण्डसंग प्रतिस्पर्धा गर्न बाकि छ । तर दुखको कुरा आइसीसीले अझै पनि प्रष्ट रुपमा शिर्ष चार टिम विश्वकप छनोट खेल्ने भनिसकेको छैन । उसले मात्र शिर्ष टिम खेल्ने भनेको छ । त्यसकारण अब बाकि सबै खेलमा नेपालले जीत निकाल्न आवश्यक छ ।

1

Comments:

comments

Latest News