पाकिस्तान टेष्टको फाइनल सेसनमा नौ विकेट गुमाउने पहिलो टोली

nz

पाकिस्तान टेष्टको फाइनल सेसनमा नौ विकेट गुमाउने पहिलो टोली बनेको छ । उसले एक सय ३८ रनको हार व्यहोर्दै न्यूजिल्याण्डलाई श्रृखला २–० ले सुम्पिएको छ ।

तीन सय ६९ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले विना विकेटको क्षतिमा बनाएको एक रनबाट अन्तिम दिनको खेल थालेको थियो । तर उसले दुई सय ३० रन जोड्दा सबै विकेट गुमायो । पहिलो विकेटका लागि समी अस्लम र अहजर अलीले एक सय ३१ रनको साझेदारी गरेका थिए । तर, यो साझेदारी टुटेपछि पाकिस्तान यसरी धरासायी भयो कि पछिल्लो २५ ओभरमा उनले ९ विकेट गुमायो ।

nz1

नाइल विङनरले ७ बलमा ३ विकेट लिए । र, न्यूजिल्याण्डलाई १९८५ पछि पहिलो पटक पाकिस्तान विरुद्धको सिरिज जिताए । पहिलो पारीमा न्यूजिल्याण्डले २७१ रन बनाएको थियो भने पाकिस्तान २१६ रनमा समेटिएको थियो । दोस्रो पारीमा न्यूजिल्याण्डले ५ विकेटको क्षतिमा ३१३ रन बनाएपछि पारी समाप्तीको घोषणा गर्दै पाकिस्तान सामू ३६९ रनको लक्ष्य दिएको थियो ।

Comments:

comments

Latest News