अष्ट्रेलियन अदालतले दुई बर्षपछि निस्कर्ष निकाल्यो, फिलिप ह्युजको निधन दुखद दुर्घटना

9pxnfw8221suag0x4xmdoxojbzmtt2bj

अष्ट्रेलियन युवा क्रिकेटर स्वर्गिय फिलिप ह्युजको निधन एउटा दुखद दुर्घटना भएको भन्दै न्यु साउथ वेल्सको कर्नर कोर्टले ह्युजको परिवारले हालेको मुद्धा खारेज गरेको छ ।
सो अदालतले ह्युजको निधन क्रिकेटमा प्रयोग गरिने साधनको कमजोरीले भन्दा पनि दुखद घटना भएको बताएको छ । सिडनी क्रिकेट मैदानमा दक्षिणी अष्ट्रेलियाको घरेलु खेलका दौराना ह्युजको २०१४ नोवेम्बर २५ तारिखमा बलले लागेर घाइते भएका थिए ।

टाउकोको पछाडी पटि गम्भिर चोट लागेको कारण उनको उपाचारका क्रममा दुई दिन पनि निधन भएको थियो । उनको निधनपछि क्रिकेटमा सुरक्षाको विषयमा ठुलो चर्चा पनि चलेको थियो । सोहि क्रममा उनको परिवारले सुरक्षित साधन नभएका कारण ह्युजको मृत्यु भएको भन्दै अदालतमा रिट दायर गरेका थिए । करीव दुई बर्षको अनुसन्धान पछि अदालतले दुखद दुर्घटना भएको निस्कर्ष निकालेको छ । उनको निधनपछि क्रिकेटमा प्रयोग गरिने हेलमेटका बारेमा निकै नकारात्मक चर्चा चलेको थियो ।

Comments:

comments

Latest News