दक्षिण-अफ्रीकाको ३ टेस्ट सिरिजमा दोस्रो जित्

HOBART, AUSTRALIA - NOVEMBER 15: Kyle Abbott of South Africa celebrates after taking the wicket of Adam Voges of Australia during day four of the Second Test match between Australia and South Africa at Blundstone Arena on November 15, 2016 in Hobart, Australia. (Photo by Robert Prezioso - CA/Cricket Australia/Getty Images)

अष्ट्रेलिया – दक्षिण-अफ्रीकाले घरेलु टोली अष्ट्रेलियालाई दोस्रो टेस्टमा पारी र ८० रन ले पराजित गरेको छ ।

होबार्टमा भएको सिरिजको दोस्रो टेस्टमा अष्ट्रेलियाले पहिलो पारीमा ८५ मा सिमित भएको थियो भने दोस्रो पारीमा १६१ रुन बनाउन सफल भएको थियो । प्रतिउत्तरमा दक्षिण-अफ्रीकाले पहिलो पारीमा ३२६ रन बनाएको थियो । उस्का लागी दे कोक्कले सर्बाधिक १०४ रुन बनाएको थिए ।

दोस्रो टेस्टमा दक्षिण-अफ्रीकाका बल्लरहरुको दब्दबा रहयो । फिलान्डेरले पहिलो पारीमा ५ र अब्बोटले दोस्रो पारीमा ६ विकेट लिन सफल भएका थिए ।

दक्षिण-अफ्रीकाले पहिलो टेस्ट १७७ रनले जितेको थियो । सिरिजको तेस्रो तथा अन्तिम खेल एडिलेडमा नोवेम्बर २५ देखी सुरु हुनेछ ।

Comments:

comments

Latest News