महिला कप्तान रुविनालाई महिला विग ब्यास लिगमा प्रशिक्षणको मौका

नेपाली महिला क्रिकेट टिमकी कप्तान रुविना क्षेत्रीले महिला विग ब्यास लिगको क्लवमा प्रशिक्षण गर्ने मौका पाएकी छिन ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले क्रिकेट अष्ट्रेलियासंगको सहकार्यमा उदायीमान ६ देशका आठ खेलाडीलाई विग ब्यासमा प्रशिक्षणको मौका दिएको हो । जसमा नेपालबाट रुविना क्षेत्री, हङकङबाट इमा ली, आयरल्याण्डबाट गावी लुइस र किम गार्थ, स्कटल्याण्डबाट क्याथ्रिन ब्रेइस, पिएनजीबाट कोनी ओला र रभिनी ओआ तथा चीनबाट ली याङइङ रहेका छन । रुविना विगब्यास लिगको मेल्बोर्न रेनेगेड्स क्लवबाट आवद्ध हुनेछिन ।

rubina

यो कार्यक्रममा सहभागि खेलाडीको क्षमता उजागर गर्न मद्धत गर्ने बताइएको छ । हरेक खेलाडीले आफ्नो क्लवमा दुई साताको प्रशिक्षण गर्नुका साथै क्लवमा हुने खेलमा पनि सहभागि हुन पाउनेछन । यदि प्रशिक्षणका बेला रिबेलमा अनुबन्ध भएका खेलाडी घाइते भएमा स्थानिय क्लवमा रहेका खेलाडीलाई समावेश गराईने आइसीसीले जनाएको छ ।

गत सिजन देखि सुरु भएको डब्लुबीबीएल कार्यक्रममा नेपालबाट पहिलो पटक रुविना क्षेत्रीले मौका पाएकी हुन । हाल महिला एशिया कपको तयारीमा रहेकी रुविनाले यो अवसर पाउनु निकै ठुलो कुरा भएको प्रतिक्रिया दिइन ।

Comments:

comments

Latest News

This Day In History

No Events