महिला एशिया कप क्रिकेटका लागि नेपाली टोलिको घोषणा, टिममा एक खेलाडी परिवर्तन

थाइल्याण्डमा नोवेम्वर २६ तारिख देखि हुने महिला एशिया कप क्रिकेटका लागि नेपाली टोलिको घोषणा भएको छ । रुविना क्षेत्रीको कप्तानीमा घोषणा भएको टिममा एक खेलाडी परिवर्तन गरिएको छ । तर प्रशिक्षक को हुने भन्ने बारे अझै टुङगो लाग्न सकेन ।

राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा तथा कप्नान रुविना क्षेत्री र आइसीसीका प्रतिनिधी बैङकटपती राजुको छनोट समितीले तयार पारेको टोलिमा निर्मला शाहीको स्थानमा सोभा आलेलाई टिममा समावेश गरिएको छ । टिममा परेका १३ खेलाडी हङकङ भएको आइसीसी विश्वकप एशियाली छनोटमा परेका खेलाडी हुन । यस्तै टिममा १५ सदस्य रहनुपर्ने भएकाले संगिता राईलाई समावेश गरिएको छ ।

विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गरेकी निर्मला भने भारतीय टिम रेल्वेबाट खेल्ने क्रममा चोट ग्रस्त भएपछि टिमबाट हटाइएको हो । टिमको घोषणा भएपनि प्रशिक्षक को हुन भन्नेबारे अझै टुङगो लाग्न सकेको छैन ।

पछिल्लो पटक महिला टिमको जिम्मेवारी राजु बस्न्यातलाई दिइएको थियो । तर अबको प्रशिक्ष्ँक को हुन भनेर आइसीसीका प्रतिनिधी बन्दुला वार्नपुरा नेपाल आएर टुङगो लगाउने छन । एशियाकप नोवेम्बर २६ देखि डिसेम्बर चार तारिखसम्म थाइल्याण्डमा हुनेछ । जसमा नेपालको पहिलो प्रतिद्धन्द्धी पाकिस्तान रहेको छ ।

Comments:

comments

Latest News