एशीया कप महिला क्रिकेट प्रतियोगिताको चौथो खेलमा पनि नेपाल हारको नजिक

एशीया कप महिला क्रिकेट प्रतियोगिताको चौथो खेलमा पनि नेपाल हारको नजिक पुगेको छ । घरेलु टोली थाइल्याण्ड संग प्रतिस्पर्धा गरिरहेको नेपालल ६४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बैङकक स्थित एशीयन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले कमजोर ब्याटिङ प्रदर्शन गर्दै १९ ओभर पांच बलमा अल आउट हुदै ६३ रन बनाएको छ । जारी प्रतियोगितामा नेपालले बनाएको यो अहिले सम्मको उच्च स्कोर हो । नेपालको पारीमा एक खेलाडीले मात्र दोहोरो अंक छुन सकिन् । । ओपनर ज्योती पाण्डेले १६ रन बाहेक अन्य सबै खेलाडी सिंगल रनमा पेभेलियन फर्किए ।

खराब ब्याटिङले आजपनि निरन्तरता पाउनदा एशोसिएट राष्ट्र थाइल्याण्ड संग पनि नेपालले सम्मानजनक स्कोर खडा गर्न सकेन् । सधैझै ओपनिङ जोडीले नेपाललाइ गतिलो सुरुवात दिन सकेनन् । अर्की ओपनर सिता ब्यक्तिगत नौ रनमा मैदान बाहिरिन् । यस्तै कप्तान रुविना क्षेत्री आठ, नेरी थापा मगर सात, सरिता मगर चार, करुणा भण्डारी दुइ तथा इन्दु बर्मा र रश्मी शर्माले समान एक एक रन जोडे ।

nepal-inning

थाइल्याण्डको बलिङ सामु नेपाली ब्याट्सवुमनले खुलेर ब्याटिङ गर्न सकेनन् । नेपाललाइ सामान्य रनमा रोक्ने क्रममा थाइल्याण्डकी सोर्नारिन टिपोच र सुलेपोर्न लाओमीले दुइ दुइ विकेट लिए । यसअघि टेस्ट मान्यता प्राप्त राष्ट्रहरु पाकिस्तान, श्रीलङका र बंगलादेश संग फराकिलो अन्तरको हार बेहोरेको नेपालका लागि आज आफ्नो शाख जोगाउने सुनौलौ अवसर रहेको छ । थाइल्याण्डले पनि आफ्ना तीनै खेलमा हार बेहो्रेको छ । त्यसैले आज दुवै टोली पहिलो जीतको खोजीमा रहेका छन ।

Comments:

comments

Latest News