एशिया कप क्रिकेटमा नेपाल थाइल्याण्डसंग आठ विकेटको लज्जास्पद हार ब्यहोर्न बाध्य, ब्याटिङ र बलिङ दुबैमा खराव प्रदर्शन

एसीसी महिला एशिया कप क्रिकेटमा नेपालको खराव प्रदर्शन जारी रहदा चिरप्रतिद्धन्द्धी थाइल्याण्डसंग पनि पराजित भयो । लगातार चौथो खेलमा हार ब्यहोर्ने क्रममा नेपाल थाइल्याण्डसंग आठ विकेटको लज्जास्पद हार ब्यहोर्न बाध्य भयो ।

बैङकक स्थित एशीयन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालको ब्याटिङमा आज पनि सुधार आएन । फलस्वरुप आज पनि नेपालले पुरै २० ओभर खेल्न सकेन । १९ ओभर पांच बलमा नेपाल मात्र ६३ रनमा अलआउट भयो । जारी प्रतियोगितामा नेपालको यो अहिले सम्मको उच्च स्कोर हो । नेपालको पारीमा एक खेलाडीले मात्र दोहोरो अंक छुन सकिन् । ओपनर ज्योती पाण्डेले १६ रन बनाउनु बाहेक बाकि सबै खेलाडी एक पछि अर्को रुपमा पेभेलियन फर्किए । सधै झै आज पनि ओपनिङ जोडीले नेपाललाइ गतिलो सुरुवात दिन सकेनन् ।

नेपालका लागि सिता मगरले नौ, कप्तान रुविना क्षेत्री आठ, नेरी थापा सात, सरिता मगर चार, करुणा भण्डारी दुइ तथा इन्दु बर्मा र रश्मी शर्माले समान एक एक रन जोडे । थाइल्याण्डको बलिङ सामु नेपाली ब्याट्सवुमनले खुलेर ब्याटिङ गर्न सकेनन् । नेपाललाइ सामान्य रनमा रोक्ने क्रममा थाइल्याण्डकी सोर्नारिन टिपोच र सुलेपोर्न लाओमीले दुइ दुइ विकेट लिए ।

nepal-inning

पछिल्लो नौ बर्षदेखि थाइल्याण्ड विरुद्ध जीत निकाल्न नसकेको नेपालको बलिङपनि त्यतिकै फितलो रह्यो । फलस्वरुप थाइल्याण्डले १६ ओभरमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गर्यो ।

थाइल्याण्डको ४६ रन हुदा नेपालले पहिलो विकेट लिन सफल भयो । नाताकन चन्थमलाई २४ रनमा सरिता मगरले आउट गरिन । थाइल्याण्डका लागि सिरीन्त्राले अविजीत २७ रन बनाइन । नेपालले यसअघि यसअघि टेस्ट मान्यता प्राप्त राष्ट्रहरु पाकिस्तान, श्रीलङका र बंगलादेश संग फराकिलो अन्तरको हार बेहोरेको थियो । जारी प्रतियोगितामा थाइल्याण्डको पनि पहिलो जीत हो ।
thailand-inning

Comments:

comments

Latest News