पाकिस्तान विरुद्ध अष्ट्रेलिया इनिङ र १८ रनले विजयी

पाकिस्तान विरुद्धको दोस्रो टेष्ट क्रिकेट खेलमा अष्ट्रेलिया एक इनिङ र १८ रनले विजयी भएको छ । जितसंगै अष्ट्रेलियाले तीन खेलको श्रृखला दुई शुन्यले आफनो पक्षमा पारेको छ ।

मेलबर्न क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पाकिस्तानले पहिलो पारीमा चार सय ४३ रन बनाएको थियो । उसका लागि अजर अलीले दोहोरो सतक बनाए । उनले दुई सय पाच रनको पारी खेले । यस्तै सोहेल खानले ६५ तथा असाद सफिकले ५० रन बनाए ।

जवाफमा अष्ट्रेलियाले पहिलो पारीमा छ सय २४ रन बनायो । उसका लागि कप्तान स्टिभ स्मिथले एक सय ६५ तथा डेविड वार्नर ले एक सय ४४ रन बनाए । यस्तै उस्मन ख्वाजाले ९७ रन जोडे । पहिलो पारीमा एक सय ८४ रनले पछि परेको पाकिस्तानको लाइनअप दोस्रो पारीमा पुरै ध्वस्त बन्यो ।

उसका लागि कुनैपनि खेलाडीले ५० रन बनाउन सकेनन । अजर अली र सरफराज अहमेदले समान ४३ रन बनाउदा बाकि खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । जसका कारण अष्ट्रेलिया एक इनिङ र १८ रनले विजयी भयो । पाकिस्तानलाई कम स्कोरमा रोक्न मिचेल स्टार्कले चार तथा नाथन लियोनले तीन विकेट लिए ।

Comments:

comments

Latest News