निर्वाचित क्यानको साधारणसभामा कांग्रेश पदाधिकारीको भेला

काठमाडौं – अन्तराष्ट्रिय क्रिकेट परिषदको निलम्बनमा रहनेको नेपाल क्रिकेट संघको निर्वाचित भनिएको समितीले पांचौ साधारण सभा सम्पन्न गरेको छ । राष्ट्रिय खेलकुद परिषदले बैधानिकता नदिएको चतुर बहादुर चन्द अध्यक्ष रहेको निर्वाचित समितीले आज राजधानीमा गरेको साधारण सभामा परिषदकै कोषाध्यक्ष र सदस्यको भने उपस्थिती रहेको थियो । कार्यक्रममा उपस्थित खेलकुद पदाधीकारी भने सबै नेपाली काग्रेस निकटका थिए । जसले गर्दा क्यानमा एमाले र कांग्रेस निकटपदाधिकारी अलग्गिएको भान भएको थियो ।

परिषदका कोषाध्यक्ष सुरेन्द्र हमाल, सदस्यहरु विनोद मैनाली र शैलेश कर्माचार्य साधारण सभामा गएका थिए । कोषाध्यक्ष कर्माचार्यले त साधारण सभामा बोल्दै राजनितिक पुर्वागह्रको आधारमा परिषदको कार्यकारिणी अधिकार लिएको ब्यक्तिले क्रिकेट संघमा विवाद ल्याएको भन्दै सदस्य सचिव केशब कुमार बिस्टको आलोचना समेत गरे ।

उनले आफ्नो भाषण सदस्य सचिव बिस्टको नाम नलिएपनि परिषदले चालेको कदम विरुद्ध निर्वाचित भनिएको क्यानलाइ सहयोग गर्न आफु तयार रहेको उल्लेख गरे । एक वर्ष अघि भएको क्यानको निर्वाचनले चन्दलाइ अध्यक्ष चुनेपनि परिषदले अवैधानिक भन्दै तदर्थ समिती गठन गरेको थियो । जसको अध्यक्षमा रमेश सिलवाल रहेका थिए । त्यसविरुद्ध अदालत गएको चन्द नेतृत्वको मुद्धा अझै विचाराधिन अवस्थामा रहेको छ । त्यसपछि आन्तरिक किचलो सुरु भएको आइसीसीले क्यानलाइ निलम्बन गरेको थियो । निर्वाचित समितीका महासचिव अशोकनाथ प्याकुरेलले विधान अनुसारनै साधारण सभा गरेको बताए ।

रक्षा मन्त्री बालकृण खांडले उद्घाटन गरेको साधारण सभामा ९५ प्रतिशत जिल्लाको सहभागिता रहेको महासचिव प्याकुरेले दावी गरे । आइसीसी र परिषद मिलेर बनाएको सल्लाहकार समितीलाइ क्रिकेट संघको विधान बनाउने कुनै अधिकार नरहेको पनि समितीको दावी छ । हाल नेपाली क्रिकेटमा देखिएको भद्रगोलको अवस्थाको जिम्मेवारीपुर्ण रुपमा परिषदले लिनुपर्ने निर्वाचित समितीको भनाइ छ । महासचिव प्याकुरेलले यदि समस्याको समाधान चुनाव नै हो भने आफुहरु चुनावमा जान तयार रहेको धारणा राखे । तर विधान सम्वत निर्वाचित भएको सभालाइ कसैले बाइपास गर्न खोजे मान्य नहुने प्रष्ट पारेको छ ।

Comments:

comments

Latest News