बंगलादेश विरुद्धको खेलमा न्यूजिल्याण्ड ७७ रनले विजयी, श्रृखलामा एक शुन्यको अग्रता

बंगलादेश विरुद्धको पहिलो एक दिवसिय खेलमा न्यूजिल्याण्ड ७७ रनले विजयी भएको छ । जीतसंगै न्युजिल्याण्डले तीन खेलका श्रृखलामा एक शुन्यको अग्रता बनाएको छ ।

क्राइस्टचर्च स्थित हग्ले ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारीत ५० ओभरमा सात विकेट गुमाउदै तीन सय ४१ रन बनाएको थियो । उसका लागि टोम लाथमले एक सय ३७ रनको पारी खेले । यस्तै कोनिल मुर्नोले ८७ तथा कप्तान केन विलियम्सनले ३१ रनको योगदान गरे । बलिङ तर्फ बंगलादेशका लागि सकिव अल हसनले तीन तथा मुस्ताफिजुर रहमान र टक्सिन अहमेदले दुई दुई विकेट लिए ।

जवाफमा बंगलादेश ४४ ओभर पाच बलमा दुई सय ६४ रनमा अलआउट भयो । बंगलादेशका लागि सकिव अल हसनले ५९ तथा मोसादेक होसेनले ५० रन बनाए । यस्तै मुसाफिकुर रहिमले ४२ रन बनाएपनि टिमलाई हारबाट टार्न सकेनन । बंगलादेशलाई कम स्कोरमा रोक्न लोकी फर्गुसन र जेमस निसामले तीन तीन विकेट लिए ।

Comments:

comments

Latest News