इग्ल्याण्ड विरुद्धको चौथो टेष्टमा भारत एक इनिङ र ३६ रनले विजयी

इग्ल्याण्ड विरुद्धको चौथो टेष्टमा भारत एक इनिङ र ३६ रनले विजयी भएको छ । जीतसंगै भारतले पाच खेलको श्रीखंला तीन शुन्यले आफनो पक्षमा पारेको छ ।

मुम्बई स्थित वाङखडे स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इग्ल्याण्डले पहिलो पारिमा चार सय रन बनाएको थियो । उसका लागि किटोन जेनिङसले एक सय १२ रतथा मोयन अलीले ५० रनको योगदान गरे । भारतका लागि रविन्द्र जडेजाले पहिलो पारीमा चार विकेट लिए भने रविचन्द्रन आश्विनले छ विकेट झारे ।

जवाफमा भारतले पहिलो पारीमा कप्तान विराट कोहलीको दोहोरो सतकको मद्दतले छ सय ३१ रन बनायो । विराटले दुई सय ३५ रनको पारी खेले भने मुरली विजयले एक सय ३६ तथा जयन्त यादवले एक सय चार रन बनाए । पहिलो पारीमा दुई सय ३१ रनले पछि परेको इग्ल्याण्ड दोस्रो पारीमा पुरै धरासायी बन्यो । जसका कारण इग्ल्याण्ड एक सय ९५ रनमा अलआउट भयो । इग्ल्याण्डको पारीलाई ध्वस्त बनाउन आश्विनले छ विकेट हात पारे ।

Comments:

comments

Latest News