मृत्युबाट बाचेका करुणले इग्ल्याण्ड विरुद्ध तेहेरो सतक प्रहार, पढौ उनको यो पिडा

इग्ल्याण्ड विरुद्ध सोमबार तेहेरो सतक प्रहार गरेका करुण नायरको जीवनमा त्यो दिन अवश्यपनि विशेष हुनेछ । तेहेरो सतक प्रहार गर्ने दोस्रो भारतीय खेलाडी बनेका करुणको पछिल्लो १२ महिनाको जीवन यति सहज भने थिएन ।

२९ वर्षीय भारतीय क्रिकेटर केरला भएको डुंगा दुर्घटनामा बालबाल बँचेका थिए । यदी उनले सोमबार चेन्नाईमा इंग्ल्याण्डविरुद्ध तेहोरो शतक नबनाएको भए सायद उनले सन् २०१६ लाई यही घटनाको लागि सम्झिने थिए होला । गत जुलाइमा केरेलाको नदीमा डुंगा पल्टिएको थियो । डुंगाको महोत्सव भनेर चिनिने अरनमुलाला भालासद्याको दौरान उनी चढेको डुंगा पप्मा नदीमा दुर्घटनामा परेको थियो ।

उनी भारतका लागि डेब्यु गर्न जिम्बाव्वेको यात्रामा जान लागेका थिए । त्यसैका लागि कर्नाटकाका यी क्रिकेटर त्यहाँको मन्दिरमा पूजा गर्न जाँदै थिए ।
अरनमुलाला मन्दिर नजिकै पुगेपछि डुंगा पल्टियो । त्यतिबेलाको समाचारको रिपोर्ट अनुसार उनले केही समय पौडेर तट नजिक पुगेका थिए, जहाँ उनलाई अन्य डुंगाकाहरुले बचाएका थिए । उक्त घटनामा ६ जनाको मृत्यु हुनुका साथै कयौँ बेपत्ता बनेका थिए ।

सायद त्यहीँबाट उनले बाँच्ने कला सिके जुन उनले क्रिकेटको मैदानमा लागु गरे । इंग्ल्याण्डको बलिङ आक्रमणबाट लामो समय बच्दै तेहोरो सतक हिर्काए ।
सोही खेलमा कर्नाटकाकै अर्का खेलाडी लोकेश राहुलले भने दोहोरो शतक हिर्काउन मात्र एक रन चुकेका बेला उनले भने ३८१ बलको सामना गर्दै नटआउट रहँदै ३०३ रन बनाएर नयाँ इतिहास रचे ।

अजिंका रहाने घाइते भएर यस खेलमा मौका पाएका नायरले यसअघि दुई टेस्टमा रन बनाउन सकेका थिएन् । तर, अन्तिम टेस्टमा भाग्यले पाएको मौकालाई पूर्ण रुपमा सदुपयोग गरे । कयौँ किर्तिमानहरुमा आफ्नो नाम दर्ज गराए ।

Comments:

comments

Latest News