इङ्ल्यान्ड विरुद्धको अन्तिम टेष्टमा भारत एक इनिङ र ७५ रनले विजयी, पाँच टेष्टको श्रृंखला ४-० ले कब्जा

इङ्ल्यान्ड विरुद्धको पाचौ तथा अन्तिम टेष्टमा भारत एक इनिङ र ७५ रनले विजयी भएको छ । जीतसंगै भारतले पाच टेष्टको श्रृंखलामा ४-० ले कब्जा जमाएको छ ।

चेन्नेईमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले पहिलो पारीमा ४७७ रन बनाएको थियो । उसका लागि मोयन अलीले १४६ तथा जोय रुटले ८८ रन बनाए । यस्तै लिम डसनले ६६ तथा अदिल रसिदले ६० रनको पारी खेले । त्यसको जवाफमा भारतले पहिलो पारीमा करुण नायरको तेहेरो तथा लोकेश राहुलको सतकको मद्धतले पहिलो पारीमा सात विकेट गुमाउदै सात सय ५९ रन बनायो ।

जुन टेष्ट क्रिकेटमा सबै भन्दा धरै स्कोर हो भने करुणले किर्तीमान बनाउन सफल भए । नायरले तीन सय ८१ बल खेल्दा अविजीत तीन सय तीन रन बनाए । यस्तै लोकेश पनि दोहोरो सतकबाट मात्र एक रनले चुक्न पुगे । उनले एक सय ९९ रन बनाए । बाकि खेलाडीमा पार्थिभ पटेलले ७१ तथा रविचन्द्रन आश्विनले ६७ रन जोडे । पहिलो पारीमा २ सय ८२ रनले पछि परेको इग्ल्याण्ड दोस्रो पारीमा पुर्ण रुपमा धरासायी बन्यो । चौथो दिनको खेल सकिदा विना विकेट १२ रन बनाएको इग्ल्याण्डले थप एक सय ९५ रन जोडदा सबै विकेट गुमाउन पुग्यो ।

अन्तिम दिनको खेलमा इग्ल्याण्ड दुई सय सात रनमा अलआउट भएपछि भारत एक इनिङ र ७५ रनले विजयी भयो । दोस्रो पारीमा इग्ल्याण्डका चार खेलाडीले मात्र दोहोरो अंक छुन सके । इग्ल्याण्डको पारीलाई धोस्त पार्ने क्रममा रविन्द्र जडेजाले सात विकेट लिए । यसअघि भारतले चौथो टेष्ट एक इनिङ र ३६ रनले तथा तेस्रो टेष्ट आठ विकेटले जितेको थियो । दोस्रो टेष्टमा २४६ रनले विजयी भएको भारतले पहिलो टेष्टमा भने बराबरी खेलेको थियो । अब यी दुई टिम विच तीन एक दिवसिय खेलको श्रीखंला १५ जनेवरी देखि सुरु हुनेछ ।

Comments:

comments

Latest News