सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी विच उपाधि भिडन्त

सातौ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको उपाधिका लागि दुई विभागिए टिम सशस्त्र प्रहरी बल र त्रिभुवन आर्मी भिडने भएका छन ।

मोरङको बैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा सशस्त्रले मध्यमाञ्चललाई आठ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको मध्यमाञ्चल १७ ओभर पाच बलमा मात्र ६१ रनमा अलआउट भयो । मध्यमाञ्चलका लागि हरीशंकर शाहले २१ रन बनाउदा बाकि खेलाडीले दोहोरो अंक छुन सकेनन । उसलाई कम स्कोरमा रोक्न सशस्त्रका लागि करण केसी र बसन्त रेग्मीले दुई दुई विकेट लिए ।

अर्को खेलमा आर्मीले पनि नेपाल पुलिस क्लवलाई पनि आठ विकेटले नै हरायो । पहिले ब्याटिङ गरेको पुलिसले निर्धारीत २० ओभरमा एक सय ४४ रन बनायो । उसका लागि आरिफ शेखले ३५ तथा दिलिप नाथले ३२ रनको योगदान गरे । तर आर्मीले १८ ओभर तीन बलमा दुई विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । आर्मीको जितमा अनिल मण्डलले अविजीत ६२ तथा सागर पुनले ५९ रन बनाए । फाइनल खेल भोली हुनेछ ।

Comments:

comments

Latest News