विभागिए टिम सशस्त्र, आर्मी र पुलिससंगै मध्यमाञ्चलले पुरुष क्रिकेटको सेमिफाइनलमा

विभागिए टिम सशस्त्र, आर्मी र पुलिससंगै मध्यमाञ्चलले पुरुष क्रिकेटको सेमिफाइनलमा स्थान बनाए ।

विराटनगरमा आज भएको खेलमा मध्यमाञ्चलले पुलिसलाई नौ रनले हराउदै सेमिफाइनलमा स्थान बनायो । तर हारपछि पनि पुलिस रनरेटका आधारमा समुह बी बाट अन्तिम चारमा पुग्यो । पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरमा एक सय २० रन बनाएको थियो । उसका लागि प्रकाश विष्टले २५ र हरीशंकर शाहले २२ रनको योगदान गरे ।

जवाफमा पुलिस १९ ओभर चार बलमा एक सय ११ रनमा रोकियो । पुलिसका लागि सुनिल धमलाले ४४ रन बनाएपनि हारबाट बचाउन सकेनन । अर्को खेलमा सशस्त्रले आर्मीलाई २८ रनले हराउदै समुह ए को विजेता बन्यो ।

पहिले ब्याटिङ गरेको सशस्त्रले २० ओभरमा चार विकेट गुमाउदै एक सय ६५ रन बनायो । उसका लागि प्रदिप ऐरीले ४७ र करण केसीले ४६ रन बनाए । जवाफमा आर्मी १७ ओभर पाच बलमा एक सय ३७ रनमा अलआउट भयो । आर्मीका लागि सागर पुन र नरेश बुढाऐरले समान ४६–४६ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन । सेमिफाइनलमा सशस्त्रले मध्यमाञ्चल र आर्मीले पुलिससंग खेल्नेछ ।

Comments:

comments

Latest News