पुरुष क्रिकेटको उपाधि सशस्त्रलाई, आर्मी ४९ रनले पराजित

स्वर्ण विजेता सशस्त्रको टिम

विराटनगरमा सम्पन्न सातौ राष्ट्रिय क्रिकेट प्रतियोगिताको पुरुष तर्फको उपाधी सशस्त्र प्रहरी बलले जितेको छ । फाइनलमा आर्मीलाई ४९ रनले हराउदै सशस्त्रले स्वर्ण जितेको हो ।

बैजनाथपुरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको सशस्त्रले निर्धारीत २० ओभरमा नौ विकेट गुमाउदै एक सय २१ रन बनायो । उसका लागि कप्तान पारस खड्काले ३३ तथा भुवन कार्कीले २४ रन बनाए । बाकि खेलाडी भने सस्तैमा पेभेलियन फर्किए । आर्मीका लागि बलिङ तर्पm सोमपाल कामी, चन्द्र साउद र विक्रम सोबले दुई दुई विकेट लिए ।

जवाफमा आर्मी १७ ओभर चार बलमा ७२ रनमा अलआउट भयो । आर्मीका लागि नरेश बुढाऐरले मात्र १७ रन बनाए । बाकि खेलाडी एकोहोरो रुपमा पेभेलियन फर्किए । आर्मीलाई कम स्कोरमा रोक्न भुवन काकीले चार तथा शक्ति गौचन र यज्ञमान कुमालले दुई दुई विकेट लिए ।

Comments:

comments

Latest News