पुरुष क्रिकेटमा विभागिए टिम त्रिभुवन आर्मी र नेपाल पुलिस विजयी

सातौ राष्ट्रिय खेलकुद अन्तर्गत नै भएको पुरुष क्रिकेटमा विभागिए टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लवले जित निकाले । आर्मीले सुदुरपश्चिमाञ्चललाई हरायो भने पुलिसले पश्चिमाञ्चललाई पराजित गर्यो ।

बैजनाथपुर क्रिकेट मैदानमा भएको खेलमा आर्मीले सदुरपश्चिमलाई ८७ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले २० ओभरमा तीन विकेट गुमाउदै दुई सय नौ रन बनाएको थियो । उसका लािग नरेश बुढाऐरले अविजीत ८१ रन बनाए । यस्तै सागर पुनले ४४ तथा कप्तान विनोद भण्डारीले ३४ रन जोडे । जवाफमा सुदुरपश्चिम २० ओभरमा पाच विकेट गुमाउदा एक सय २२ रनमा रोकियो । उसका लागि रोशन नेपालीले ५० तथा दिपक मल्लले २२ रन बनाएपनि बाकि खेलाडीले उल्लेख्य योगदान दिन सकेनन ।

अर्को खेलमा पुलिसले पश्चिमाञ्चललाई १७ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले २० ओभरमा पाच विकेट गुमाउदै एक सय ४६ रन बनाएको थियो । पुलिसका लागि मञ्जित श्रेष्ठले ४९ तथा दिलिप नाथले २९ रन बनाए । जवाफमा पश्चिमाञ्चल पुरै ओभर खेलेर आठ विकेट गुमाउदा एक सय २९ रनमा रोकियो ।

Comments:

comments

Latest News