न्युजिल्याण्ड विरुद्ध तीन खेलको श्रीखंलामा अष्ट्रेलियाको ह्वाइटवास

MELBOURNE, AUSTRALIA - DECEMBER 09: Steve Smith and David Warner of Australia pose with the trophy after winning game three of the One Day International series between Australia and New Zealand at Melbourne Cricket Ground on December 9, 2016 in Melbourne, Australia. (Photo by Scott Barbour - CA/Cricket Australia/Getty Images)

न्युजिल्याण्ड विरुद्धको तेस्रो एक दिवसिय खेलमा अष्ट्रेलिया एक सय १७ रनले विजयी भएको छ । जीतसंगै अष्टलियाले तीन खेलको श्रीखंलामा ह्वाइटवास गरेको छ ।

मेलबर्न क्रिकेट मैदानमा विश्वकपको फाइनल पछि पहिलो पटक खेलका यी दुई टिममा अष्ट्रेलिया च्याम्पियन बनेको हो । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले निर्धारीत ५० ओभरमा आठ विकेट गुमाउदै दुई सय ६४ रन बनाएको थियो । उसका लागि ओपनर डेविड वार्नरले एक सय ५६ रनको पारी खेले । लगातार दोस्रो खेलमा सतक प्रहार गर्ने क्रममा वार्नरले एक सय २८ बलमा १३ चौका र चार छक्का प्रहार गरेका थिए । तर बाकि खेलाडीले भने खासै राम्रो खेल्न सकेनन । जवाफमा न्यजिल्याण्ड ३६ ओभर एक बलमा मात्र एक सय ४७ रनमा अलआउट भयो । उसका लागि मार्टिन गुप्टिलले ३४ तथा टोम लाथहमले २८ रन बनाए । यस्तै कोलिन मुर्नोले २० रन बनाउदा बाकि खेलाडी सस्तैमा पेभेलियन फर्किए ।

Comments:

comments

Latest News