बंगलादेश विरुद्ध न्यूजिल्याण्डले तीन खेलको श्रृखलामा ह्वाइटवास

बंगलादेश विरुद्धको तेस्रो एकदिवसिय खेलमा न्यूजिल्याण्ड आठ विकेटले विजयी भएको छ । जितसंगै न्यूजिल्याण्डले तीन खेलको श्रृखलामा ह्वाइटवास गरेको छ ।

न्यूजिल्याण्डको साक्सटोन ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारीत ५० ओभरमा नौ विकेट गुमाउदै दुई सय ३६ रन बनाएको थियो । उसका लागि ओपनिङ जोडीले एक सय दुई रनको साझेजारी गरेपनि मिडिलअडर खासै टिक्न सकेन । जसमा तमिम इक्वालले ५९ तथा इमरुल कायस र नुरुल हसनले समान ४४–४४ रन बनाए ।

जवाफमा न्यूजिल्याण्डले ४१ ओभर दुई बलमा मात्र दुई विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । १६ रन हुदा दुई खेलाडी बाहिरीसकेको अवस्थामा न्यूजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ९५ तथा नेल ब्रुमले ९७ रन बनाउदै टिमलाई जित दिलाए । यस्तै जेम्स निसहामले २८ रन बनाए । लगातार तीन खेलमा जित निकाल्दै न्यूजिल्याण्डले सिरीजमा ह्वाइटवास गरेको छ ।

Comments:

comments

Latest News