सन्दिप लामिछाने सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा अनुवन्धित

अन्डर नाइन्टिन क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा अनुवन्धित भएका छन् ।

आसन्न एशिया कपका लागि तयारीमा ब्यस्त रहेका सन्दिपलाई सशस्त्रले आज क्लवमा अनुबन्ध गरेको हो । अष्ट्रेलियाका पूर्व कप्तान माइकल क्लार्कको एकेडेमीबाट साढे दुई महिना प्रशिक्षण र प्रतियोगिता खेलेका सन्दिप एशिया कपका लागि नेपाल आएका थिए । पुर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको तयारीका लागि टिम निर्माण गरिहेको सशस्त्रले एक बर्षका लागि सन्दिपलाई अनुबन्ध गरेको हो ।

तर क्लवले सन्दिपलाई कति रकममा अनुबन्ध गरेको भन्ने विषय भने खुलाएको छैन । राष्ट्रिय टिमका समेत सदस्य रहेका सन्दिपले कप्तान पारस खड्काको सहयोगमा सशस्त्रमा अनुबन्ध हुने मौका पाएका हुन । सिनियर क्रिकेट टिमका अधिकांस खेलाडीको बाहुल्यता रहेको सशस्त्र राष्ट्रिय प्रतियोगिताको उपाधिको प्रवल दावेदारका रुपमा हेरिदै आएको छ ।

Comments:

comments

Latest News