नेपाल श्रीलंका विरुद्ध ऐतिहासिक जीतबाट एक रनले चुक्यो, दिपेन्द्रसिंह ऐरीको उत्कृष्ट पारी काम लागेन

एसीसी अन्डर नाइन्टिन एशियाको पहिलो खेलमा नेपालले श्रीलंकासंग मात्र एक रनको झिनो हार ब्यहोरेको छ । नेपालका लागि दिपेन्द्रसिंह ऐरीको ९० रनको मेहेनत काम लाग्न सकेन ।

कोलम्बोमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले निर्धारीत ५० ओभरमा आठ विकेट गुमाउदै दुई सय २७ रन बनायो । पहिलो बलमा नै विकेट गुमाएको श्रीलंकाको पारीलाई रेभेन केली र हसिथा बोयागोडाले अर्धसतकिए साझेदारी गर्दै सम्हाल्न सफल भए । हसिथाले ८३ रनको योगदान गरे भने केलीले १९ रन जोडे । यस्तै क्रिसनले २८ रन बनाउदा असिन बन्दाराले २७ रनको योगदान गरे । यस्तै लसिथ क्रोस्पुले ले १३ रन थपे । खाता खोल्न नपाउदै विकेट गुमाएको श्रीलंकाले ८३ रन बनाउदा तीन विकेट खेर फालेको थियो । त्यसपछि एक सय ४८ रन हुदा पाच विकेट गुमाएको श्रीलंकाले अन्तत दुई सय २८ रनको लक्ष्य दिन सफल भयो ।

जवाफमा नेपाल तीन बल बाकि हुदा दुई सय २६ रनमा अलआउट भयो । एक रन हुदा पहिलो विकेट गुमाएको नेपालले पाच रन हुदा दोस्रो विकेट खेर फाल्यो । ओपनर सन्दिप सुनार र आशिफ शेख एकोहोरो रुपमा आउट भए । त्यसपछि क्रिजमा आएका भिम सार्कीपनि आठ रनमा आउट भएपछि नेपालले ३२ रनमा तेस्रो विकेट गुमायो । नेपालको पारीलाई सम्हाल्न खोजेका आदिल खान ३९ रनमा पेभेलियन फर्किएपछि नेपालले ७७ रनमा चौथो विकेट गुमायो । प्रकाश केसी पनि १४ रनमा आउट भएपनि नेपालले ११२ रनमा पाच विकेट गुमायो । तर नेपाललाई दिपेन्द्र सिंह ऐरीले उत्कृष्ट पारी खेल्दै नेपाललाई जितको नजिक पुर्याएका थिए । अन्तिम ओभरमा आठ रन आवश्यक भएको बेला दिपेन्द्रले दोस्रो बलमा छक्का प्रहार गर्दै नेपाललाई जीतको नजिक पुर्याएका थिए तर अर्को बलमा दिपेन्द्र एलबीडब्लु धरापमा परेपछि नेपालको जीतका आशा समाप्त बन्यो । नेपालका लागि सुवारुङ राओले ४० रनको योगदान गरे । प्रतियोगिता अन्तर्गत नेपालले भोली भारतसंग खेल्नेछ ।


नेपाली ब्याटिङ

सन्दिप सुनार २ रन
आसिफ शेख १ रन
आदिल खान ३९ रन
भिम कार्की ८ रन
प्रकाश केसी १४ रन
सुवारुङक राओ ४० रन
दिपेन्द्रसिंह ऐरी ९० रन

Comments:

comments

Latest News