एसीसी अन्डर नाइन्टिन एशिया कप लागि नेपाली टिम पछिल्लो पाच बर्षकै उत्कृष्ट – विनोद दाश

श्रीलंकामा हुने एसीसी अन्डर नाइन्टिन एशिया कप आउन मात्र करीव एक साता बाकि रहेका बेला नेपाली टिमको घोषणा भएको छ । छोटो समयको तयारी र धरै नया अनुहार टिममा रहेकाले यसपटकको एशिया कपमा नेपाली टिममा ठुलो चुनौती रहेको छ ।

1

श्रीलंकामा १५ तारिख देखि हुने एशिया कपका लागि नेपालले आजमात्र खेलाडीको अन्तिम नामावली सार्वजनिक गरेको हो । देशभरबाट ट्यालेञ्ट हन्ट गरेर ५२ जना खेलाडी छनोट गरेकोमा अन्तिममा १९ खेलाडीको नामावली निकालेको हो । जसमा १५ जना टिममा रहेका छन भने चार जना बैकल्पिक खेलाडी छन । प्रतियोगिता आउन करीव एक साता बाकि हुदा नेपाली युवा टिम तयारीमा जुटेको छ ।

2

यसपटक नेपाली टिममा दश जना फ्रेस खेलाडी रहेका छन । पहिलो पटक टिमको कप्तानी गरिरहेका सन्दिप लामिछाने यो मौकालाई राम्रो सदुपयोग गर्ने बताउछन । यसका साथै प्रशिक्षक विनोद दाशपनि टिम ब्यालेन्स रहेको र प्रतियोगितामा राम्रो चुनौती दिनेमा विश्वस्त छन । साथै उनले यो टिम पछिल्लो पाच बर्षकै उत्कृष्ट टिम बनेको बताए ।

3

तर नया खेलाडी, त्यसमा पनि छोटो समयको तयारीका कारण नेपाललाई राम्रो प्रदर्शन गर्न ठुलो चुनौती रहेको छ । युवा खेलाडीले सोचेको जस्तो म्याच एक्पोजर पाउने सम्भावना न्युन रहेको छ । यसका साथै श्रीलंकाको ट्रयाकमा भारत र श्रीलंका विरुद्ध जीत निकाल्न नेपाललाई कठिन देखिएको छ ।

समुह ए मा रहेको नेपालले पहिलो खेल श्रीलंका विरुद्ध खेल्नेछ । समुहमा दुई जीत निकाल्न सके नेपालले सेमिफाइनलको यात्रा तय गर्नेछ । तर त्यसका लागि पहिलो खेलबाट नै राम्रो लयमा देखिनु पर्नेछ । अब छोटो समयको तयारी त्यसमा पनि नया कप्तानले कुन रुपमा टिमलाई अगाडी बढाउने हुन त्यो प्रतियोगिता सुरु भएपछि थाहा हुनेछ ।

Comments:

comments

Latest News