अण्डर नाइन्टिन एशीया कप क्रिकेटमा नेपालले मलेसियाबाट एक सय ५४ रनको लक्ष्य

श्रीलङकामा जारी अण्डर नाइन्टिन एशीया कप क्रिकेटको समुह चरणको अन्तिम खेलमा नेपालले मलेसियाबाट एक सय ५४ रनको लक्ष्य पाएको छ ।

श्रीलंकाको कोलम्बोमा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले ४४ दशमलव चार बलमा अलआउट हुदै एक सय ५३ रन बनायो । तेस्रो ओभरको अन्तिम बलमा रोहित पौडेलले ओपनर अब्दुल रहमानलाइ ब्यक्तिगत आठ रनमा आउट गर्दै नेपाललाइ पहिलो सफलता दिलाएका थिए । चौथो ओभरमा अर्का ओपनर मोहम्मद यतिमलाइ पनि दिपेन्द्र ऐरीले एक रनमा पेभेलियनको बाटो देखाए ।

एघार रनमा खेलिरहेका सैफुल मल्लिकलाइ ऐरीले रन आउटको शिकार बनाउदै नेपाललाइ तेस्रो सफलता दिलाए । आदिल खानले तीन विकेट लिए भने संदिप लामिछाने र शुभांकर उराउको नाममा एक एक् विकेट रह्यो । मलेसियाका लागि भिरनदिप सिंहले अर्ध शतक पुरा गरेका छन । अन्तत मलेसिया एक सय ५३ रनमा अलआउट भयो । जारी प्रतियोगितामा पहिलो जीतको खोजिमा रहेको नेपालका लागि बलिङ तर्फ आदिल खानले तीन तथा सन्दिप लामिछानेले दुई विकेट लिए ।

Comments:

comments

Latest News