महिला एशिया कपमा एक खेलपनि नजित्ने नेपाल पहिलो टिम, भारतसंग ९९ रनले पराजित, इतिहासकै न्युन स्कोर

थाइल्याण्डमा जारी एशीया कप महिला क्रिकेट प्रतियोगितामा नेपाल एक खेलपनि नतिजी स्वदेश फर्किने भएको छ । प्रतियोगिताको अन्तिम खेलमा नेपाल भारत संग ९९ रनको भारी अन्तरले पराजित हुदै प्रतियोगिताबाट बाहिरीयो । भारत विरुद्ध एक सय २१ रनको लक्ष्य पक्ष्याएको नेपाल महिला क्रिकेटको इतिहासमा सबै भन्दा थोरै २१ रनमा अलआउट भयो ।

बैङकक स्थित एशीयन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको भारचले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै १ सय २० रन बनाएको छ । सुरुवातमै कप्तान रुविना क्षेत्रीले भारतका दुइ विकेट लिदै नेपाललाइ सफलता दिलाएकी थिइन् । उनले भिलासवामी भनिथालाइ २१ र मेघनालाइ चार रनमा आउट गरेकी थिइन् । तर शिखा पाण्डेले आक्रमक ब्याटिङ गर्दै अविजीत ३९ रन बनाएपछि भारतले नेपाल सामु १ सय २१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

india-inning

भारतका लागि अनुजा पाटिलले १६ र मुजहात परविनले १३ रनको योगदान दिए । नेपालका सिता राना मगर र करुणा भण्डारीले एक एक विकेट लिए । जारी प्रतियोगितामा यसअघि खेलेका चारै खेलमा हार बेहोरेको नेपाल सान्त्वना जीतको खोजीमा रहेको छ । भारत जारी प्रतियोगितामा शत प्रतिशत नतिजा निकाल्ने एक मात्र टिम हो । जवाफमा नेपालले आजपनि सुरुवात राम्रो गर्न सकेन । पुरै प्रतियोगितामा प्mलप बनेको ओपनिङ जोडी आजपनि पुर्ण रुपमा असफल बन्यो । पाच रन हुदा पहिलो विकेट गुमाएको नेपालले नौ रन बनाउदा तीन विकेट खेर फाल्यो ।

nepal-inning

त्यसपछि थप एक रन जोडदा अरु दुई विकेट खेर फाल्दा नेपालले १० रनमा पाच विकेट गुमायो । त्यसपछि थप ११ रन जोडदा नेपालले बाकि पाच विकेट खेर फाल्दै मात्र २१ रनमा अलआउट भयो । नेपालले १६ ओभर तीन बलमा आप्mनो पारी ध्वस्त बनायो । यो नेपाली महिला क्रिकेटको इतिहासमा सबैभन्दा कम रन हो । यसअघि नेपाल श्रीलंकासंग २३ रनमा अलआउट भएको थियो । यो प्रतियोगितामा नेपालले कुनैपनि खेलमा पुरै २० ओभर खेल्न सकेन ।

Comments:

comments

Latest News