३० बर्षपछि खेलाडीले पाए पदक

सन् १९८७ को विश्वकप विजेता खेलाडीलाई ३० बर्षपछि पदक दिइएको छ । कोलकातामा भएको फाइनलमा इग्ल्याण्डलाई सात रनले हराउदै उपाधि जितेको अष्ट्रेलियन टिमका खेलाडीलाई आज पदक हस्तान्तरण गरिएको हो ।

सो बेला टिममा रहेका खेलाडीलाई जमघट गराएर ३० बर्षपछि पदक दिइएको हो । एलान बोर्डको कप्तानीमा रहेको टिमले चौथो सस्करणको विश्वकपको उपाधि जितेको थियो । तर उनिहरुले पदक भने पाउन सकेका थिएनन । पाकिस्तान र अष्ट्रेलिया विचको खेल अघि सो बेला टिमका रहेका खेलाडीलाई पदक दिइएको हो । क्रिकेट अष्ट्रेलियाका डाइरेक्टर डेविड पिभिरले १४ खेलाडी र तीन जना ग्राउन्ड स्टाफलाई मेडल हस्तान्तरण गर्यो ।

पुर्व कप्तान बोर्डरले ढिलै भएपनि बोर्डले आफुहरुलाई मेडल दिएकोमा धन्यवाद दिए । साथै उनले सो बेला टिममा रहेका खेलाडी भेटन गाहे भएको बेला फेरी एक पटक भेटने बाताबरण बनेको बताए । सो बेला भारत र पाकिस्तानको समुहमा रहेको अष्ट्रेलियाले फाइनलमा इग्ल्याण्डलाई हराएको थियो ।

Comments:

comments

Latest News