International

किर्तीमानी साझेदारीसंगै अष्ट्रेलियाले श्रृखला ४–१ ले जित्यो

पाकिस्तान विरुद्धको पाचौ तथा अन्तिम एकदिवसिय खेलमा अष्ट्रेलिया ५७ रनले विजयी भयो । जीतसंगै अष्ट्रेलियाले पाच खेलको श्रृखला चार एकले जितेको छ ।

एडिलेड ओभलमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा सात विकेट गुमाउदै तीन सय ६९ रन बनायो । अष्ट्रेलियाका लागि ओपनरद्धय डेविड वार्नर र ट्राभिस हेडले किर्तीमानी दुई सय ८४ रनको साझेदारी गरे । विश्व क्रिकेटमा पहिलो विकेटका लागि वार्नर र हेडको हेड साझेदारी दोस्रो ठुलो हो । यसअघि श्रीलंकाका सनथ जयशुर्या र उपल थरङगाले इग्ल्याण्ड विरुद्ध दुई सय ८६ रनको किर्तीमानी साझेदारी गरेका थिए । वार्नरले एक सय ७९ र हेडले एक सय २८ रन बनाए । बाकि खेलाडीले भने खासै राम्रो खेल्न सकेनन ।

जवाफमा पाकिस्तान ४९ ओभर एक बलमा तीन सय १२ रन बनायो । उसका लागि बबर अजामले एक सय रन तथा सरजिल खानले ७९ रन बनाएपनि बाकि खेलाडी सस्तैमा आउट भए । पाकिस्तानलाई कम स्कोरमा रोक्न मिचेल स्टार्कले चार विकेट लिए ।

Most Popular

To Top