इग्ल्याण्ड विरुद्धको खेलमा भारत तीन विकेटले विजयी

इग्ल्याण्ड विरुद्धको पहिलो एक दिवसिय खेलमा भारत तीन विकेटले विजयी भएको छ । जितसंगै भारतले तीन खेलको श्रृखलामा एक शुन्यको अग्रता बनाएको छ ।

पुणेमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको इग्ल्याण्डले निर्धारी ५० ओभरमा सात विकेट गुमाउदै तीन सय ५० रन बनायो । इग्ल्याण्डका लागि जोय रुटले ७८ तथा जेसोन रोयले ७३ रन बनाए । यस्तै बेन स्टोकले ६२ तथा जोस बटलरले ३१ रनको पारी खेले । यस्तै इयोन मोर्गन र मोयन अलीले समान २८–२८ रन बनाए ।

जवाफमा भारतले ४८ ओभर एक बलमा सात विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका लागि कप्तान विराट कोहली र केदार जादवले सतकिए पारी खेले । ६३ रनमा चार विकेट गुमाएको भारतको जितमा विराट र केदारले दुई सय रनको साझेदारी गरे । जसमा विराटले एक सय २२ तथा केदारले एक सय २० रन बनाए । यस्तै हार्दिक पाण्डेले ४० रन थपे । जसका कारण भारतले ११ बल अगाडी नै लक्ष्य पुरा गर्यो । यी दुई टिम विचको दोस्रो खेल १९ तारिखमा हुनेछ ।

Comments:

comments

Latest News