बंगलादेश विरुद्ध न्यूजिल्याण्ड सात विकेटले विजयी, श्रृखलामा एक शुन्यको अग्रता

बंगलादेश विरुद्धको पहिलो टेष्ट क्रिकेटमा न्यूजिल्याण्ड सात विकेटले विजयी भएको छ । जितसंगै न्यूजिल्याण्डले दुई खेलको श्रृखलामा एक शुन्यको अग्रता बनाएको छ ।

विलिङटनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको बंगलादेशले पहिलो पारीमा आठ विकेट गुमाउदै पाच सय ९५ रन बनाएको थियो । उसका लागि सकिव अल हसनले २१७ तथा कप्तान मुस्फिकुर रहमानले एक सय ५९ रनको पारी खेले । यस्तै मोमिनुल हकले ६४ र तमिम इक्वालले ५६ रन बनाए । जवाफमा न्यूजिल्याण्डले घरेलु भुमिमा पहिलो पारीमा पाच सय ३९ रन बनायो ।

उसका लागि ओपनर टोम लाथमले १७७ तथा मिचेल सान्तनेरले ७३ रनको योगदान गरे । यस्तै कप्तान केन विलियम्सन र हेनरी निकोल्सले समान ५३–५३ रन बनाए । पहिलो पारीमा ५६ रनको अग्रता बनाएको बंगलादेश दोस्रो पारीमा भने पुर्ण रुपमा ध्वस्त बन्यो । उसका कप्तान मुस्फिकुर रहमान टाउकोमा चोट लागेपछि अस्पताल भर्ना हुन पुगे । टिम साउदीको बलमा पछाडी भागको हेलमेटमा लागेपछि उनी मैदानमा ढल्न पुगेका थिए । लगत्तै उनलाई अस्पताल लगिएको थियो । त्यसको असर पुरै टिममा पर्न पुग्यो र दोस्रो पारीमा बंगलादेश मात्र एक सय ६० रनमा समेटियो ।

उसका लागि सबिर रहमानले ५० रन बनाउनुबाहेक बाकि खेलाडी सस्तैमा आउट भए । दुई सय १७ रनको लक्ष्य न्युजिल्याण्डले तीन विकेट गुमाउदै पुरा गर्यो । घरेलु टिमको जितमा कप्तान केन विलिम्सनले एक सय चार रन बनाउ भने रोस टेलरले ६० रन थपे ।

Comments:

comments

Latest News