केसीटीसी र पिसी फाइटर रुस्लान कप क्रिकेटको क्वाटरफाइनलमा

काठमाडौमा जारी रुस्लान कप क्रिकेट प्रतियोगिताको दोस्रो दिन आयोजक केसीटीसी र पिसी फाइटरले जीत निकालेका छन । जीतसंगै दुबै टिमले क्वाटरफाइनलमा स्थान बनाए ।

किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा केसीटीसीले क्यानोन क्रिकेट क्लवलाई सात विकेटले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको क्यानोनले २० ओभरमा पाच विकेट गुमाउदै एक सय ११ रन बनाएको थियो । उसका लागि सुमन ठाकुरले ३८ तथा भुवन बस्नेतले १५ रन बनाए । यस्तै अजयकुमार ठाकुरले १३ रन जोडे । जवाफमा केसीटीसीले १५ ओभरमा तीन विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका लागि कप्तान सञ्जय बस्नेतले ४२ तथा आदिल खानले १३ रन बनाए । यस्तै विपिन आचार्य, सुमित महर्जन र विवेक रानामगरले समान ११ एघार रन बनाए ।

यस्तै अर्को खेलमा रोयल पिसी फाइटर्सले खहरे क्रिकेट क्लवलाई ६ विकेटले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको खहरेले २० ओभरमा सात विकेट गुमाउदै एक सय १५ रन बनाएको थियो । उसका लागि अमृत थापाले २६, अनिल थापाले २३ तथा रोशन पुलामीले २२ र कृष्णा अधिकारीले २० रन बनाए । जवाफमा पिसी फाइटर्सले १२ ओभर दुइ बलमा चार विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । फाइटर्सको जीतमा रविन जोशीले ५६, विजय सुनारले २९ र धनबहादुर कार्कीले २३ रन बनाए ।

Comments:

comments

Latest News