पुलिस र आर्मी रुस्लान क्रिकेटको सेमीफाइनलमा

साविक विजेता नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब राजधानीमा जारी रुस्लान ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेका छन ।
किर्तिपुर क्रिकेट मैदानमा भएको खेलमा पुलिसले ह्वाइट हाउसलाइ आठ विकेटले हरायो । टस हारेर ब्याटिङ गरेको ह्वाइट हाउसले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै ९८ रन बनाएको थियो । उसका लागि हासिम अन्सारीले ३३, प्रनित थापा मगरले २३ र अमर सिंह राउटेलाले १८ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । पुलिसका लागि कसिलो बलिङ गर्दै ललित भण्डारी र दिपेन्द्र सिंह ऐरीले दुइ दुइ विकेट लिए ।

जवाफमा सुनिल धमलाको अर्ध शतक मदतमा पुलिसले १३ ओभरमा मात्र दुइ विकेट गुमाउदै लक्ष्य भेट्यायो । ४२ बल खेलेका धमलाले अविजीत ६० रन बनाए । उनको पारीमा चार छक्का र चार चौका सामेल थियो । जारी प्रतियोगितामा उनको यो लगातार दोस्रो अर्धशतक हो ।

अर्को खेलमा आर्मीले रोयल पिसी फाइटरलाइ दश विकेटले अराउदै अन्तिम चारमा स्थान सुरक्षित ग¥यो । टस जितेर ब्याटिङ गरेको फाइटरले खराब प्रदर्शन गर्दै १७ ओभरमा सवै विकेट गुमाउदै जम्मा ४५ रन बनाएको थियो । विजय सुनाले बनँएको एघार रननै फाइटरले बनाएको उच्च रन हो । फाइटरको पारीलाइ सखाप पार्ने क्रममा अभिनाश कर्णले चार तथा सोमपाल कामीले तीन विकेट लिए । ४६ रनको लक्ष्य आर्मीले चार ओभरमा विना क्षती पुरा ग¥यो । आर्मीको जीतमा आर्मीको जीतमा सागर पुनले अविजीत ३६ रनको योगदान गरे ।

Comments:

comments

Latest News