रुस्लान क्रिकेट प्रतियोगिताको उपाधीका लागि पुलिस र आर्मी बीच प्रतिस्पर्धा हुने

राजधानीमा जारी रुस्लान टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधीका लागि गत संस्करणकै दुई टिम नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब बीच प्रतिस्पर्धा हुने भएको छ ।

आज भएको सेमीफाइनलमा साविक विजेता पुलिसले न्यु होराइजनलाइ सात विकेट र आर्मीले सुदुरपश्चिम क्रिकेट एकेडेमी एसपिएलाइ ७० रनले पराजित गर्दै उपाधि भिडन्त पक्का पारे । किर्तीपुर क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरमा अल आउट हुदै मात्र ८२ रन बनायो । उसका लागि कृष्ण कार्कीले अविजीत २५ र शंकर रानाले १६ रन बनाउनु बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । पुलिसका दिपेन्द्र ऐरीले कसिलो बलिङ गर्दै तीन विकेट लिए । जवाफमा ८३ रनको लक्ष्य पुलिसले १७ ओभर चार बलमा मात्र तीन विकेट गुमाएर पुरा ग¥यो । पुलिसलाइ सहज जीत दिलाउन सुनिल धमलाले ३६ र योगेन्द्र कार्कीले २० रनको योगदान दिए । बलिङ तर्फ शुसान भारीले दुइ विकेट लिए ।

यस्तै अर्को खेलमा टस जितेर ब्याटिङ गरेको आर्मीले सागर पुन र राजेश पुलामीले बिस्फोटक ब्याटिङ गरेपछि ६ विकेटको नोक्सानीमा एक सय ८७ रन बनाएको थियो । सागरले ५२ बलमा ७५ र पुलामीले २१ बलमा ५५ रन बनाएका थिए । अनिल कुमार मंडलले ३० रन जोडे । अमित पडेलले दुइ विकेट लिएपनि एसपिएले आर्मीलाइ विशाल योगफल बनाउन बाट रोक्न सकेन् । १ सय ८८ रनको लक्ष्य पछ्याएको एसपिएले २० ओभरमा सात विकेट गुमाउदा एक सय १७ रन मात्र बनाउन सक्यो । विजय रानाले सर्वाधिक ३८ रन जोड्दा जितेन्द्र मुखिया र सागरले दुइ दुइ विकेट लिए । फाइनल खेल भोली हुनेछ ।

Comments:

comments

Latest News

This Day In History

No Events