चोटका कारण स्टिभ स्मिथ बाहिर

चोटका कारण अष्ट्रेलियन क्रिकेट टिमका कप्तान स्टिभ स्मिथ न्यूजिल्याण्ड विरुद्धको क्रिकेट श्रृखलाबाट बाहिरीएका छन ।

पाकिस्तान विरुद्धको पाचौ तथा अन्तिम एक दिवसिय खेलमा गोलिगाठोको चोट बोकेका स्मिथ न्युजिल्याण्ड विरुद्धको च्यापल हेड्ली सिरीजबाट बाहिरीएका हुन । पाकिस्तान विरुद्धको अन्ति खेलपछि अष्ट्रेलियन क्रिकेट बोर्डले तत्काल बैठक बोलाएर स्मिथको सट्टा टिमको कप्तानी म्याथ्यु वाडेलाई दिने निर्णय गरेको छ ।

तर भारत विरुद्धको टेष्ट श्रृखलामा भने स्मिथ फिट हुने बताइएको छ । पत्रकारसंग एडिलेडमा कुरा गर्दै स्मिथले मेडिकल रिपोर्ट अनुसार बाया खुट्टाको गोलिगाठोमा चोट लागेकाले सात देखि १० दिन आराम चाहिने डाक्टरले बताएको र न्युजिल्याण्ड विरुद्धको पहिलो खेल खेल्न असम्भव भएको बताए । तर दोस्रो खेलमा पनि फर्कनेसम्भावना न्युन रहेको उनको भनँई छ ।

तर भारत जानु अघि दुबईमा हुने ट्रनिङ क्याम्पमा टिममा फर्कनेमा विश्वस्त रहेको उनको भनाई छ । अष्ट्रेलियाले न्युजिल्याण्ड विरुद्ध सोमबार पहिलो एक दिवसिय खेल खेल्दैछ । जसमा तीन खेलको श्रृखला हुनेछ । स्टिभको स्थानमा को खेलाडी पर्ने हो त्यसको टुङगो आइतबार लाग्ने बताइएको छ ।

Comments:

comments

Latest News