दृष्टीविहिन टी ट्वान्टी विश्वकपमा नेपाल १० विकेटले पराजित

भारतमा जारी दृष्टीविहिन ट्वान्टी ट्वान्टी क्रिकेट विश्वकपको पहिलो खेलमा नेपाल अष्ट्रेलियासंग १० विकेटको भारी अन्तरले पराजित भएको छ ।

दिल्लीको द्धार्का स्थित दिल्ली बिकास प्राधिकरणको मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा आठ विकेट गुमाउदै एक सय ४३ रन बनायो । फितलो सुरुवात गरेको नेपालले १७ रन हुदा दुई विकेट गमाएको थियो । लोकबहादुर थापाले एक रन बनाउदा पदमबहादुरले दुई रन बनाए । त्यसपछि २६ रन हुदा नेपालले तेस्रो विकेट गुमायो । यसपटक सुनिल थापामगर १२ रनमा आउट भए ।

त्यसपछि थप ११ रन जोडदा नेपालले थप दुई विकेट गुमायो । अब्दुल जाहिद फाकिर दुई रनमा पेभेलियन फर्किए भने सुनिलराना मगर पाच रनमा आउट भए । नेपालका लागि सुनिल सुवेधी क्षेत्रीले ३४ तथा क्रितन श्रेष्ठ दुवालले २९ र रमेशबहादुर बानियाले १८ रन बनाए । नेपालले ३८ अतिरीक्त रन पाएको थियो । बलिङ तर्फ अष्ट्रेलियाका लािग मार्क आशिक हस्केट र डेविड जेफ्रिले दुई दुई विकेट लिए ।

ट्वान्टी विश्वकपमा दोस्रो पटक अष्ट्रेलियासंग खेलेको नेपाली बलरहरु पुर्ण रुपमा असफल बने । जसका कारण अष्ट्रेलियाले १२ ओभर चार बलमा विना विकेट गुमाउदै लक्ष्य पुरा गर्यो । उसका जितमा स्टेफेन लियो पाल्मेरले अविजीत ४८ तथा म्याथ्यु जेम्स क्यामरुनले अविजीत ८६ रन बनाए । नेपालले २९ अतिरीक्त रन दिएको थियो । अब नेपालले दोस्रो खेलमा भोली बंगलादेशसंग खेल्नेछ ।

Comments:

comments

Latest News